Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

३४ सदस्यको हस्ताक्षर उपेन्द्र यादवको पक्षमा

Author Avatar साझा न्यूज 26th July 2021 , 1:03 PM
३४ सदस्यको हस्ताक्षर उपेन्द्र यादवको पक्षमा

काठमाडौं । सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा), नेपालले सोमबार (आज) निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ । जसमा गत साउन ७ गते निर्वाचन आयोगले कार्यकारिणी सदस्यहरुको सनाखतबाट विवाद टुङ्ग्याउने निर्णय गरेको थियो ।

जसअनुसार अहिले आयोगमा सदस्यहरुले हस्ताक्षर गरिरहेका छन् । जसमा उपेन्द्र यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । रेनुकुमारी यादवकाअनुसार यादव पक्षमा ३४ सदस्यहरुले हस्ताक्षर गरेका छन् । ‘हाम्रो पक्षमा ३४ सदस्यहरुले हस्ताक्षर गरिसकेका छन्,’ यादवले मकालुखबरसँग भनिन्— ‘अझै बढ्दैछन् । बढाउन सकिन्छ ।’

यस्तै यादवले यसपछि आफूहरुले सजिलै आधिकारिकता पाउने दाबी गरिन् । भनिन्— ‘सनाखतबाट विवाद टुङ्ग्याउने भनेकै बहुमत हेर्ने हो । हाम्रो पक्षमा बहुमत जुरिसकेको छ । यसपछि सिधै हामीले पार्टीको आधिकारिकता पाउँदैछौँ ।’ यादवकाअनुसार मनिष सुमन, राजकिशोर यादवलगायतका सदस्यहरुले पनि उपेन्द्र पक्षमै हस्ताक्षर गरेका छन् ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । जसपा ०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो । ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो । दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गर्दै आयोगमा गएका थिए । पछिल्लो पटक शेरबहादुर देउवा प्रधानमन्त्री बनेर विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गरेका थिए ।

पछिल्लो समय खासगरी गठबन्धनको सरकार बनेपछि ठाकुर पक्षका कतिपय नेताहरु यादवको कित्तामा उभिएका छन् । सरकारमा जाने पक्का भइसकेको यादवको पक्षमा बढी कार्यकारिणी सदस्यहरु उभिएका छन् ।

यसैबीच आयोगको निर्णयअघि अध्यक्ष ठाकुर पक्षले आधिकारिकता र पार्टी विभाजन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो । रिटमाथि आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बलाउने आदेश दिएको थियो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज