Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भ्रष्टाचार गरेको आरोपमा विप्लव नेकपाले वडाध्यक्षलाई दल्यो कालोमोसो

Author Avatar साझा न्यूज 27th July 2021 , 7:10 PM
भ्रष्टाचार गरेको आरोपमा विप्लव नेकपाले वडाध्यक्षलाई दल्यो कालोमोसो

विप्लव नेतृत्वको नेकपा रुकुम पश्चिमले एकजना जनप्रतिनिधिलाई कालोमोसो दलेको छ । सो पार्टीको सानोभेरी गाउँ समितीका सेक्रेटरी शिव विकले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सानोभेरी गाउँपालिका–८ का वडा अध्यक्ष शशिराम बुढाथोकीलाई कालोमोसो दलेर कार्वाही गरेको बताएका छन् ।

विज्ञप्तिमा छहरेपानी तल्लो आमडाँडा सिचाइ आयोजना उपभोक्ता समितिबाट रु. ३,००,००० (रु.तीन लाख) भ्रष्टाचार गरेको स्थानीयको उजुरीका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पुष्टी भएकोले कालोमोसो र जुत्ताको माला लगाइ जनकारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भ्रष्टाचार गरेको रकम तुरुन्त उपभोक्ता समितिलाई फिर्ता गर्न चेतावनी मूलक निर्देशन दिइएको छ भने उक्त रकम समितिलाई फिर्ता नगरेमा र यस्तै हर्कत जारी राखे थप कार्वाही गर्न बाध्य हुने बताइएको छ ।

विज्ञप्तिको पूर्णपाठ :
दलाल संसदीय व्यवस्थाको दुष्चक्र, यसका दुष्प्रभाव र कथित जनप्रतिनिधि भनिनेहरुका असारे तथा डोजरे विकास मोहले कथित विकास निर्माणका नाममा विकृति, विसंगति, बेथिति, विनास, र भ्रष्टाचार दिन प्रतिदिन बढिरहेको छ । रुकुमका जनप्रतिनिधि भनिने हरुका पछिल्ला क्रियाकलाप त झन मैमत्त साँढे भन्दा कुनै हिसाबमा कम छैनन् भन्ने कुरा रुकुमका राजनैतिक परिदृष्यमा दिनको घाम जति कै छर्लङ्ग छ । फरक बिचार र आस्थाप्रति निषेधात्मक प्रतिशोधि अराजनैतिक दुव्र्यवहार गर्नु, सबै जसो विकास निर्माणका कामहरु आफ्नै कार्यकर्ता तथा नालनाताको नेतृत्व र सहभातिमा गर्नु गराउनु, विभिन्न शिर्षक उपशिर्षकमा रकमकलम हिनामिना गर्नु हालका दिनचर्या नै हुन् ।
यसै सन्दर्भमा सानिभेरी गाउँपालिका वडा न.८ का वडा अध्यक्ष शशिराम बुढाथोकीले छहरेपानी तल्लो आमडाँडा सिचाइ आयोजना उपभोक्त समिति बाट ३,००,००० (तीन लाख) भ्रष्टाचार गरेको स्थानीयको उजुरी पश्चात सो विषयमा मिहिन अध्ययन अनुसन्धान गर्दा निज बुढाथोकीले भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले हाम्रो पार्टी निज बुढाथोकीलाई कालोमोसो र जुता माला लगाइ जनकारबाही गरिएको छ । निज बुढाथोकीलाई उक्त रकम तुरुन्त उपभोक्ता समितिलाई फिर्ता गर्न यसै विज्ञप्ति मार्फत चेतावनी मूलक निर्देशन गर्दछौं । उक्त रकम समितिलाई फिर्ता नगरे र यस्तै हर्कत जारी राखे थप कार्वाही गर्न बाध्य हुने व्यहोरा पनि सुचित गराउँदछौं ।

क्रान्तिकारी अभिवादन सहित ।
शिव विक
सेक्रेटरी
सानिभेरी गाउँसमिति रुकुम–९ पश्चिम रुकुम ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अल–कलममा परीक्षाफल प्रकाशन

अल–कलममा परीक्षाफल प्रकाशन

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

भर्खरै प्रकाशित

अल–कलममा परीक्षाफल प्रकाशन

अल–कलममा परीक्षाफल प्रकाशन

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज