Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एनआरएनए जापानको निर्वाचन जुलाई ३० तारिख हुने , निर्वाचनमा उमेदवारको लर्को

Author Avatar साझा न्यूज 29th July 2021 , 3:57 PM
  • जापान प्रतिनिधि

एनआरएनए जापानको दशौँ अधिवेशन गत २५ तारिख ओसाकामा सम्पन्न भएपश्चात निर्वाचन भने ३० तारिखमा हुने भएको छ । एनआरएनए जापानको निर्वाचन समितिले २०२१ जुलाई ४ तारिखका दिनमा प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार २०२१ जुलाई २७ मा मतदान गराउनु पर्ने थियो, तर अहिले उत्पन्न मतदाता नामावलीसँग सम्बन्धित विवाद र समस्यालाई केही हदसम्म समाधान गरेर मात्र मतदान गराइनुपर्ने भन्ने केही उम्मेदवारहरूको माग र कार्यसमितिभित्रैबाट शुरु गरिएको मतदाताहरूको इमेल ठेगाना र फोन नम्बरमा भएका त्रुटिहरू पत्ता लगाइ उचित ढंगले सच्याएर, सकेसम्म सम्पूर्ण मतदाताहरूले मतदान गर्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका लागि, कार्य समितिले २०२१ जुलाई २४ मा गरेको निर्णय र २०२१ जुलाई २६ का दिनमा ५ सदस्यीय अध्यक्ष मण्डलले गरेको अनुरोध पत्रलाई आधार मानी मतदान ३० तारिकलाई सारिएको विज्ञप्तिमार्फत निर्वाचन समितिले जनाएको छ । मतदान २०२१ जुलाई ३० तारिक (शुक्रबार), बिहान १० बजे देखि साँझ ८ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिको आयुक्तमा डा. नेत्रप्रकाश भण्डारी र ऋषव पौडेल रहेका छन्।

निर्वाचन समितिका अनुसार मतदान मितिलाई केही पछाडि सार्नुपर्ने परिस्थितिका बारेमा आधिकारिक रुपमा कार्य समितिको पत्र (ईमेल) २०२१ जुलाई २५ को बिहानमा मात्र प्राप्त भएको र हामीले त्यस निर्णयको कडा प्रतिवाद गरि मतदान मिति सार्न नसकिने जानकारी गराएका थियौँ । हाम्रो बटमलाइन चाहिँ सम्पूर्ण उम्मेदवारहरुको सहमति चाहिन्छ भन्ने थियो तर सम्बन्धित व्यक्तित्वहरुबाट त्यसो गर्न नसकिने जानकारी आए लगत्तै हामीले उम्मेदवारहरूलाई नै अनलाइनमार्फत सोध्ने निर्णय गरी ५३ जना उम्मेदवारहरूलाई इमेलमार्फत सोधेर हेर्‍यौँ । समय कम भएर पनि हुन सक्छ तर यसको हामीले जम्मा ७ जना उम्मेदवारहरूबाट मात्र जवाफ पाएकाले, मतदान मिति सार्ने वा नसार्ने भन्नेबारेमा केहि समय अन्यौल भएको थियो ।

निर्वाचन समितिका अनुसार २०२१ जुलाई १३ मा गरिएको ट्रायल भोटिङका बेला ईमेल सर्भर र फोन सीस्टमको रिजेक्शनका कारण मतपत्रलिङ्क पाउन नसकेका जम्मा १,२५७ जना ९ईमेल र फोन दुबै मिलाउँदा० मतदाताहरूलाई यसका बारेमा सूचना दिइ, नयाँ ईमेल ठेगाना र नयाँ मोबाइल फोन नम्बर दर्ता गराउनका लागि र कुनै अन्य व्यक्तिले कुनै उद्देश्यवश लगभग १,७०० जना मतदाताहरूको इमेल ठेगाना परिवर्तन गरिदिएकाले, उक्त मतदाताहरूलाई पनि इमेल ठेगाना सच्याउन लगाई मतदान अधिकारको उपयोग गराउनका लागि पनि केही दिन समय सारिएको बताइएको छ।

जुलाई ३० तारिक हुने एनआरएनए जापानको निर्वाचनमा उमेदवारको भने लर्को नै लागेको छ। अध्यक्षमा मात्र ५ जनाको उमेदवारी परेको छ। जस अनुसार अनिता गुरुङ्ग (लामा), नरेन्द्रकुमार बस्नेत (दिनेश), किरण बर्मा, शिबप्रसाद पौडेल, सरोजकुमार खत्री रहेका छन् । वरिष्ठ उपाध्यक्षमा भने नवीन निउरे र छत्रबहादुर दाहाल प्रतिष्पर्धा गर्दै छन् ।

पद संख्या ४ रहेको उपाध्यक्षमा सबै भन्दा बढी ११ जनाको उमेदवारी परेको छ । जसअनुसार महेशकुमार कटवाल, राम थापा (अनिल), विष्णुप्रसाद घिमिरे, राजकुमार अधिकारी , जनकब्रिकम शाही, जिवनकुमार गुरुङ्ग रहेको छन् । त्यस्तै उपाध्यक्षको अन्य उमेदवारमा रामकृष्ण श्रेष्ठ, बालकृष्ण कँडेल (हिमाल), बिकास बस्नेत, टिकाराम कँडेल र बुद्धिराज घिमिरे रहेका छन् । महिला उपाध्यक्षमा भने संगिता अधिकारी सुवेदी र कालिका थापाको उमेदवारी परेको छ।

यस्तै, महासचिवमा सिद्धार्थ श्रेष्ठ र टिकाराम खरेलको भिडन्त हुँदै छ । दुई जना सचिव पद रहेकोमा श्याम शितल र देवराज उप्रेतीको मात्र उमेदवारी परेकोले उनीहरु दुवै जना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै एक जना महिला सचिव पद रहेकोमा एलिजा केसी भण्डारीको मात्रै उमेदवारी परेकोले उनि पनि निर्विरोध निर्वाचित भएकी छिन् । कोषाध्यक्ष १ पदको लागी ३जनाको उमेदवारी परेको छ। जस अनुसार कृष्णप्रसाद खनाल, कृष्ण गैंरे शर्मा र सचिन श्रेष्ठ रहेका छन् । सह-कोषाध्यक्षमा दिपक सुनार र्निविरोध निर्वाचित भएका छन् । त्यस्तै महिला संयोजकमा पनि अन्जु भण्डारी र्निविरोध निर्वाचित भइन् । युवा संयोजकमा भने राकेश लामा र राजेश खनालको उमेदवारी परेको छ।

त्यस्तै कार्यसमिति सदस्यमा पद संख्या ७ जना रहे पनि १८ जनाको उमेदवारी परेको छ। जस अनुसार राम प्रसाद शर्मा (धनपति), चन्द्रकुमारी केसी, राजु पनेरु, प्रकाश लामिछाने, राजु भण्डारी (सुनिल), शुरेश सापकोटा, रामबहादुर खत्री (अर्जून केसी), लक्ष्मी केसी मर्हजन , फडिन्द्र पहाडी, रामु कँडेल, मोहनविक्रम मडे र धर्मबहादुर क्षेत्री रहेका छन् । कार्य समिति सदस्यका अन्य उमेदवारहरुमा कृष्णबहादुर थापा, दिलिप कंडेल, ताराबहादुर कार्की, विनय गुरुङ्ग, मन्जु गिरी र भिमसेन राय (भीम रायमाझी) छन्। महिला सदस्य हेमा पाण्डे भने र्निविरोध भएकी छिन् ।

एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद ९क्ष्ऋऋ ० पद संख्या ६ जना भएकोमा ८ जनाको उमेदवारी परेको छ । जसअनुसार श्रवणकुमार सत्याल, सुपेन्द्र घिसिङ्ग, दिपक कार्की, लक्ष्मण बाँनिया, डा. बलराम श्रेष्ठ, नरबहादुर थापा, रोविन प्रसाद शेरचन र रामहरी पुडासैनी रहेका छन् । जापानमा सन् २००४ मा स्थापना भएको एनआरएनएको पछिल्लो समय सदस्यताका लागि करिव १२ हजारले आवेदन दिएकोमा अहिले सम्म ९ हजार २ सय ७३ जनाको सदस्यता स्वीकृत भएको बताइएको छ । जापानमा एनआरएनएले विकृति र विसंगति बढाएको आरोप लागिरहँदा सही नेतृत्व चयनमा यतिवेला सबैले ध्यान दिनु जरुरी छ।

(कविकिरण न्यौपानेको संयोजनमा)

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इरान-अमेरिका वार्ताका लागि अमेरिकी उपराष्ट्रपति पाकिस्तान प्रस्थान गर्दै

इरान-अमेरिका वार्ताका लागि अमेरिकी उपराष्ट्रपति पाकिस्तान प्रस्थान गर्दै

सम्राट चौधरी विहारको मुख्यमन्त्री नियुक्त

सम्राट चौधरी विहारको मुख्यमन्त्री नियुक्त

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

राष्ट्रपति रामचन्द्र पौडेल जापानमा

राष्ट्रपति रामचन्द्र पौडेल जापानमा

भर्खरै प्रकाशित

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज