काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । नेता सिंहको निवास चाक्सीबारीमा शनिबार तीन नेताबीच भेटवार्ता भएको हो ।
आजको छलफलमा मुलुकको राष्ट्रिय राजनीतिक र कांग्रेसको आसन्न १४औं महाधिवेशनको विषयमा छलफल भएको बताइएको छ ।
महाधिवेशन नजिकिएसँगै उनीहरुबीच आगामी पार्टी नेतृत्वको विषयमा यसअघि पनि छलफल भएको थियो ।