काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटि बैठक ललितपुरको च्यासलमा शुरू भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा तुलसीलाल स्मृति भवनमा शनिबार स्थगित भएको बैठक आज शुरू भएको हो ।
शनिबार बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुको अनुरोधमा बैठक एक दिन सारिएको थियो ।
तर अहिलेसम्म एकताको कुनै पनि संकेत देखिएको छैन । पार्टीका आधिकारिक निर्णयमा ओलीसँगै आफ्नो पनि हस्ताक्षर हुनुपर्ने माग नेपालले राखेका छन् उक्त मागमा पूरा गर्न ओली तयार नभएपछि एमाले एकता अड्किएको छ।
दोस्रो तहका नेताहरुले पार्टी मिलाउन धौडधुप गरे पनि दुई शीर्ष नेताको अडानका कारण सम्भव हुन सकेको छैन।
नेपाल नआएपछि उनी पक्षीय दोस्रा तहका नेताहरु आउने अपेक्षासहित ओलीले कोसिस गरे पनि सफल हुन सकेको छैन। आइतबारको बैठकले विधान महाधिवेशन, संगठित सदस्यतालगायका विषयमा निर्णय गर्ने तयारी ओली पक्षले गरेको छ।
बैठकमा सहभागि हुन एमाले उपाध्यक्ष वामदेव गौतम पुगेका छन् ।
















































