Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महाकालीमा बेपत्ता जयसिंह धामीको खोजी जारी छ : गृहमन्त्री

Author Avatar साझा न्यूज 3rd August 2021 , 4:45 PM
महाकालीमा बेपत्ता जयसिंह धामीको खोजी जारी छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीको खोजी जारी रहेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी दिँदै गृहमन्त्री खाँणले उक्त घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, दार्चुला मातहतका प्रहरीचौकी लालीदेखि दुम्लिङसम्म नौ वटा प्रहरी इकाइ तथा सशस्त्र प्रहरी बल, सीमा सुरक्षाका पाँच वटा बेसबाट खोजी भइरहेको बताए ।

सो क्रममा सीमावर्ती जिल्ला बैतडी र कञ्चनपुर जिल्लासँग पनि स्थानीय तहबाट समन्वय गरिएको उनले बताए । दार्चुलाको व्यास गाउँपालिका–२ खाङदाङ माल बस्ने धामी सोही गाउँपालिकाको वडा नं २ मूलघाटबाट भारतको गस्तु पुग्न महाकाली नदीको तुइन तर्ने क्रममा यही साउन १५ गते नदीमा खसरेर बेपत्ता भएका थिए ।

धामी बेपत्ता भएपछि नरेन्द्रसिंह धामीसमेत तीन जनाले जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका थिए । सोही दिन गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा वास्तविक छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल गण नं ४४ बाट सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रम सिंह ढाटसहित तीन जनाको टोली स्थलगत छानबिनको लागि घटनास्थल खटिएको थियो ।

गृहमन्त्री खाँणले जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै पत्राचार गरेको जानकारी गराए । उनले बेपत्ता जयसिंह धामीभन्दा अगाडि उक्त स्थानको तुइनबाट भारतर्फ पुगेका बहादुरसिंह धामी, अमरसिंह धामी, गौरसिंह धामी र मणिरामसिंह धामीसँग सोधपुछ भइरहेको बताए ।

नदी तर्न बाँकी अनिता धामी, विक्रम रङकोली र कल्याण धामीसँग यसबारे जानकारी लिन जिल्ला सदरमुकाममा बोलाइएको, जिल्ला प्रशासन कार्यालय दार्चुलामा सर्वदलीय बैठक भएको, तथा भारततर्फका नेसनल डिजास्टर रेस्पोन्स फोर्स र एसएसबीबाट पनि खोजी भइरहेको गृहमन्त्री खाँणले बताए ।

उक्त घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउने सम्बन्धमा साउन १७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समिति घटनास्थल गइसकेको सदनलाई जानकारी दिए ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी) गरी पाँच जना रहेका छन् ।

नेपालबाट भारतीय सीमा प्रवेश गर्न अहिले पनि तुइनको प्रयोग भइरहेको तथा महाकाली नदीमा चार वटा झोलुङ्गे पुल निर्माणाधीन रहेका मन्त्री खाँणले जानकारी दिए ।

गृहमन्त्रीको वक्तव्यप्रति सांसदहरु खगराज अधिकारी, योगेश भट्टराई, गगनकुमार थापा, शेरबहादुर तामाङ, शान्ता चौधरी, विमला विक, गणेशसिंह ठगुन्ना, महेश बस्नेत, देवेन्द्रराज कँडेल, दीलेन्द्रप्रसाद बडू, पुष्पा भुषाल गौतम, डिला सङ्ग्रौला पन्त, पदम गिरी, राजेन्द्रकुमार केसी, यशोदा सुवेदी गुरुङ, प्रेम सुवाल र विशाल भट्टराईले प्रतिप्रश्न गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

उद्याेगमन्त्री यादवकाे राजीनामा

उद्याेगमन्त्री यादवकाे राजीनामा

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

भर्खरै प्रकाशित

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज