Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक हजार वर्ष पुरानो विष्णु भगवानको मूर्ति बंगलादेशमा भेटियो

Author Avatar साझा न्यूज 5th August 2021 , 6:06 PM
एक हजार वर्ष पुरानो विष्णु भगवानको मूर्ति बंगलादेशमा भेटियो

ढाका: बंगलादेशमा कालो पत्थरबाट निर्मित हिन्दू देवता विष्णुको ऐतिहासिक तथा प्राचिन मूर्ति प्रहरीले एक शिक्षकबाट बरामद गरेको छ ।

स्थानीय मिडियाका अनुसार एक हजार वर्ष पुरानो मानिएको उक्त मूर्ति प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । डेली स्टार न्युजका अनुसार प्रहरीले कुमिल्ला जिल्लाको बोरो गोली गाउँबाट उक्त मूर्ति समातिएको हो ।

बहुमुल्य यस कालो पत्थरको उचाइ झण्डै २३ इन्च छ भने चौडाइ ९ दशमलब ५ इन्च छ । साथै यसको तौल झण्डै १२ केजी छ ।

दौडकान्डी प्रहरी स्टेशनका प्रमुख नजरुल इस्लामका अनुसार अबु यूसुफ नामका शिक्षकबाट करिब डेढ महिनाअघि उक्त मूर्ति बरामद गरिएको हो । तर ती शिक्षकले प्रहरीलाई यसबारे जानकारी दिएका थिएनन् । प्रहरीका अनुसार ती शिक्षकको घरबाट सोमबार राति मूर्ति बरामद गरिएको हो ।

यूसुफले भने २०/२२ दिनअघि आफ्नो जमिनमा रहेको पोखरीमा खन्ने क्रममा उक्त मूर्ति फेला परेको थियो । त्यो पत्थर मूर्ति भन्ने थाहा पाए पनि तत्कालै प्रहरीलाई खबर गर्न फुर्सद नमिलेको प्रतिक्रिया यूसुफले दिएका छन् ।

यस मूर्तिलाई बंगलादेशका पूरातत्वविद तथा जानकारहरुले बहुमुल्य रहेको बताएका छन् । साथै यसबारे थप अनुसन्धान गरिनुपर्ने पनि बताइएको छ ।

चत्तोग्राम क्षेत्रस्थित पूरातत्व विभागका क्षेत्रीय निर्देशक अतौर रहमानले भनेका छन्, “फेला परेको भगवान विष्णुको मूर्ति ज्यादै बहुमुल्य हो । यो सम्भवत एक हजार वर्ष पुरानो हो । यसको विशेष संरक्षणका लागि यसलाई तुरुन्त मैनामती संग्रहालयमा हस्तान्तरण गरिनुपर्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

भर्खरै प्रकाशित

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज