काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक बस्ने भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले भदौ १ र २ गतेका लागि केन्द्रीय समिति बोलाएका हुन्।
काठमाडौंमा बस्ने गरी बोलाइएको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, कार्यविभाजनलगायत विषयमा छलफल हुने जसपा नेता नवराज सुवेदीले बताए।
यसअघि पार्टी एकीकरण भई जसपा बनेपछि हालसम्म केन्द्रीय समिति बैठक बस्न सकेको थिएन। निर्वाचन आयोगले आफूलाई पार्टीको आधिकारिकता दिएसँगै अध्यक्ष यादवले बैठक बोलाएका हुन्। जसपाको केन्द्रीय समितिमा ८०१ सदस्य छन्।
कुल केन्द्रीय सदस्यमध्ये ५ सयभन्दा बढी आफ्नो पक्षमा रहेको दावी यादवपक्षको छ।