Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको बिगतदेखि वर्तमानसम्म

Author Avatar साझा न्यूज 12th August 2021 , 9:02 PM
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको बिगतदेखि वर्तमानसम्म

कुलप्रसाद के.सी. को जन्म बुवा टिकाराम र आमा रजमताको कोखबाट २०२७ सालमा रोल्पाको कोटगाउँ २, जिबाङमा भएको हो । कुल प्रसाद केसी ६ भाईमध्ये कान्छो हुन् । उनले सदरमुकाम लिबाङस्थित बालकल्याण उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तिर्ण गरेका थिए भने थप अध्ययन दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट गरे ।

के.सी. ले २०४३ सालबाट राजनीति सुरु गरेका हुन् । केसी २०४३ सालबाट विद्यार्थी राजनीतिमा सक्रिय भए । २०४६ देखि २०४७ सम्म पार्टीको विद्यार्थी संगठनको दाङ जिल्ला सचिवको जिम्मेवारीको रुपमा काम गरे । केसी ले २०४७ सालमा पार्टीको सदस्यता प्राप्त गरे । २०४८ मा तत्कालीन एकता केन्द्र पार्टीले एरिया सेक्रेटरीको जिम्मेवारी दियो ।

२०४८ सालदेखि २०५० सालसम्म उनी शिक्षक पेशामा आवद्ध थिए । र, २०५० सालमा विभिन्न राजनीति मुद्दाहरु लगाएपछि उनी शिक्षण पेशा छोडेर पार्टीको काममा सक्रिय भएर काम गर्न थाले । २०५२ सालमा पार्टीका दोस्रो जिल्ला सम्मेलनबाट जिल्ला समिति सदस्यमा चयन भएपछि के।सी। पार्टीको पूर्णकालीन सदस्य भएर पार्टीको काममा खट्न थाले ।

तत्कालीन माओवादीले होलेरी आक्रमण गर्दा उक्त मोर्चामा केसी पनि सहभागी भए । २०५५ सालमा पार्टीले केसीलाई दाङ–सल्यान–प्यूठान संयुक्त जिल्लाको सेक्रेटरीको भूमिका दियो । त्यसपश्चात उनी २०५६ सालमा भेरी–कर्णाली शैन्य कमिसार हुँदै २०५७ सालमा माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।

२०६० सालमा पार्टीको बैठकको लागि भारत जाँदा केसी भारतीय भूमि पटनाबाट गिरफ्तार भए । उनलाई २०६० जेठ २० देखि २०६३ श्रावणसम्म भारतको बक्सर जेल चलान गरियो । उनीसँगै माओवादीका अन्य नेताहरु पनि पक्राउ परेका थिए । यसैक्रममा उनीसहित माओवादीका नेताहरुले त्यहाँको जेलजीवनको कठोर यातना सहेका हुन्।

२०६३ सालमा जेलमुक्त भएपछि केसी पार्टीको कामीडाँडा बैठकबाट जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार भए । साथै उनी नारायणी–भेरी –कर्णाली–सेती र महाकाली ब्यूरो इन्चार्चको जिम्मेवारी समेत सम्हाले ।

शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजनको क्रममा पार्टीले उनलाई वाइसिएलको इन्चार्जको जिम्मेवारी दियो । २०५९ सालमा, एकीकृत माओवादीको पोलिटव्यूरो सदस्य चुनिए तर पार्टी विभाजन भएपछि वैद्यको नेतृत्वमा आवद्ध भएर पार्टीको स्थायी समितिमा रहेर काम गरे । फलस्वरुप २०७३ सालमा माओवादी केन्द्र गठन हुँदा केन्द्रीय कार्यालय सदस्य भए । त्यसपश्चात २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनलाई पार्टीले रोल्पा जिल्ला निर्वाचन क्षेत्र नं। १ (क) बाट उम्मेदवार बनायो । र, उनी निर्वाचित भए ।

माओवादी केन्द्रबाट निर्वाचित भएपछि उनको संसदीय यात्रा सुरु भयो । उनी पार्टीको तर्फबाट तत्कालीन ५ नं प्रदेशको संसदीय दलको नेता चयन भए । र, एमालेसँग संयुक्त सरकार गठन हुँदा आन्तरिक मामिला तथा कानून मन्त्री भए । पछि एमाले र माओवादी केन्द्रको एकीकरणपश्चात डबलनेकपा गठन हुँदा लुम्बिनी प्रदेशको सह–इन्चार्ज तथा संसदीय दलको उपनेता भए । तर,सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र पुरानै अस्तित्वमा फर्किएपछि केसी पुनः पार्टीको संसदीय दलको नेताका रुपमा मुख्यमन्त्रीको पदमा नियुक्त भएका हुन् ।

केसीको श्रीमती तारा घर्ती मगर हुन् , उनी माओवादी-केन्द्रको केन्द्रीय सदस्य पनि हुन् ।केसी दम्पतिका एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज