काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्काउनु सरकारको दायित्व भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत अफगानिस्तानमा आन्तरिक द्वन्द्व बढेर करिब १४ हजारभन्दा बढी नेपालीहरु संकटमा परेको भन्दै सरकारले तुरुन्तै स्वदेश फर्काउनुपर्ने बताएका हुन् ।
‘भट्टराइले कामदार फर्काउन सरकारले आलटाल वा वहानावाजी गर्न नहुने तर्क समेत गरेका छन् ।
अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल या बहानाबाजी गर्नुभएन,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुँदैनथ्यो । गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो ।’