Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाली कांग्रेसको भविष्य देउवा सरकारको हातमा


प्रम देउवालाई चुनौती र अवसर

आम निर्वाचनको परिणाम अनुसार नेपाली कांग्रेसलाई नेपाली जनताले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न र नेकपालाई ५ वर्ष स्थायी सरकार चलाउन म्याण्डेड दिएका थिए। स्पष्ट २ तिहाईको म्याडेड पाएको केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकार आफ्नै दलको खिचातानीका कारण ढल्न पुग्यो । नेपाली जनताले कम्युनिष्ट सरकारसंग गरेको अपेक्षालाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खासै उपलब्धी दिन सकेन । ईतिहासकै लागि नेपालका कम्युनिष्टहरुले आफ्नै २ तिहाईको सरकार ढालेर पार्टी समेत फोडेको यो घटना कलंकको रुपमा परिचित रहने छ ।

कम्युनिष्टहरुको आपसी वैमनश्यता र राजनैतिक ईगोका कारण हाल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न पुगेको छ । संसदमा प्रमुख प्रतिपक्षीका रुपमा मुलुकमा बढ्दै गएको केपी ओली सरकारको तानाशाही, महंगी, भष्टचार, हत्या, हिंसा जस्ता घटनाहरुमा खासै भूमिका निर्वाह गर्न नसकेको नेपाली कांग्रेस अहिले मुलुकको सत्ताधारी दलको रुपमा उपस्थित छ ।

वर्तमान प्रधानमन्त्रीबाट अब नेपाली जनताले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा भन्ने गरिएको अधिनायकवाद, निरंकुशताको अन्त्य गरी विधीको विधान अनुसार देश चल्ने अपेक्षा गरेका छन् । मुलुकमा बढ्दै गएको महंगी, भष्टचार, हत्या हिंसाको अन्त्य भई शान्त समाजको निर्माणमा वर्तमान प्रधानमन्त्री देउवाको नेतृत्वको सरकारले काम गर्ने छ भन्ने आशा र भरोसा नेपाली जनतामा छाएको छ । हिजो केपी ओली नेतृत्वको सरकारको कार्यशैलीको जसरी विरोध गरिएको थियो अब देउवा सरकारले त्यस्तो कार्यशैली नअपनाओस् भन्ने नागरिकको चाहना छ ।

वर्तमान देउवा सरकारमा अबको ३ तहको निर्वाचन गराउने जिम्मेवारी छ । आगामी निर्वाचन सम्मको अवधिमा आम नागरिकहरुका पक्षमा सरकारले उल्लेख्य काम गर्न सके जनता माझ यो सरकारको साख बढ्ने छ । होईन भने विस्तारै यो सरकार पनि भष्टचार, निरंकुशतामा डुब्दै विधि विधानलाई लत्याएर अघि बढे यसको हिसाब आगामी निर्वाचनमा नेपाली जनताले देखाउने छन् । तसर्थ पनि प्रधानमन्त्री देउवा सामु सत्ता संचालनका लागि ठुलो चुनौती छ ।

एकातर्फ नेपाली कांग्रेस भित्रकै गुट उपगुटको व्यवस्थापन सत्ता संचालनमा छदैछ भने अर्को तर्फ प्रमुख प्रतिपक्ष केपी ओली नेतृत्वको नेकपाको विरोध र सदनमा झेल्नु पर्ने अप्ठेरोका विचबाट प्रधानमन्त्री देउवा गुज्रिनु पर्ने अवस्था छ । तसर्थ पनि आफ्ना दलका सवै विवादहरु मिलाउंदै चुनावी जिम्मेवारी बोकेको यो सरकारलाई जनताका पक्षमा पूर्ण उत्तरदायी बनाउन सके नेपाली कांग्रेसको भविष्य आगामी निर्वाचनमा सुनिश्चित होला । होईन भने प्रधानमन्त्री देउवासंगै नेपाली कांग्रेसलाई पशुपतिनाथले मात्रै बचाउन सक्लान् । जनताबाट तिरस्कार बाहेक अरु केही प्राप्ति हुने वाला छैन । देउवा सरकारको हातमा नेपाली कांग्रेसको भविष्य अडिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गरिने

उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गरिने

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, अझै १५ प्रतिशत मजदुर न्यूनतम पारिश्रमिकबाट वञ्चित

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, अझै १५ प्रतिशत मजदुर न्यूनतम पारिश्रमिकबाट वञ्चित

आजदेखि हलमा ‘प्रेमा’

आजदेखि हलमा ‘प्रेमा’

आपतकालिन कार्यलाई चलायमान बनाउन छलफल

आपतकालिन कार्यलाई चलायमान बनाउन छलफल

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

भर्खरै प्रकाशित

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि