अफगानिस्तानमा तालिबानले आफ्नो सरकार घोषणा गरेपछि त्यहाँको पन्जसिर प्रान्तका तालिबानविरोधी लडाकुले आफ्नो अलग्गै सरकार बनाउने घोषणा गरेका छन्।
नेसनल रेसिस्टेन्स फोर्सका नेता अहमद मसुदले तालिबानको सरकारलाई अवैध भनेका छन्। उनले भने, ‘हामी पनि चाँडै आफ्ना नेता र समर्थकसँग छलफल गरेर अफगानिस्तानमा समानान्तर सरकार घोषणा गर्छौ।’
खामा न्युजले रेसिस्टेन्स फोर्सलाई उद्धृत गर्दै लेखेको छ, ‘मसुदले यो संक्रमणकालमा लोकतान्त्रिक र वैध सरकार स्थापना गर्ने बताएका छन्। यो जनताको मतका आधारमाबनाइनेछ र यो सररकालाई अन्तर्राष्ट्रिय समुदायले समेत स्वीकार गर्नेछ।’
वक्तव्यमा अगाडि भनिएको छ, ‘तालिबानको नाजायज (अवैध) सरकार अफगानिस्तान, अन्य क्षेत्र र विश्वकै स्थिरता र सुरक्षाका लागि खतरा हो।’
यसअघि तालिबानले अफगानिस्तानमा मंगलबार साँझ आफ्नो सरकार घोषणा गरेको छ।