Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ग्राहक आकर्षित गर्न रङ्गीचङ्गी बजार, व्यापार बढाउन उपभोक्तामैत्री कार्यक्रम

Author Avatar साझा न्यूज 2nd October 2021 , 3:45 PM
ग्राहक आकर्षित गर्न रङ्गीचङ्गी बजार, व्यापार बढाउन उपभोक्तामैत्री कार्यक्रम

अहिले दाङसहित आसपासका बजारमा ब्यपारको प्रकृति हेरेर ग्राहकमैत्री योजना आउन थालेका छन् । चाडपर्व नजिकदै गर्दा ब्यपारीहरुले बजारमा बस्तु तथा सेवा खरिद गर्दा सुविधा दिन थालेपछि उपभोक्ताहरु स्थानीय बजारतर्फ आकर्षीत हुन थालेका छन् ।

बजारको विषयमा जानकारहरुले बिक्री बढाउँदा नाफा आर्जन गर्न सकिने बताउँछन । अर्थशास्त्र विषयका उपप्रध्यापक सुधिरकुमार अधिकारीले बस्तु मुल्य बढाउन माग बढाउन आवश्यक रहेको बताउनुभयो । बस्तुको बिक्री गराउन मानिसको भिडभाड बढाउनु पनि एउटा उपाय हो, अहिले देउखुरी उद्योग बाणिज्य संघले ल्याएको यो प्रयास अल्पकालिन मात्रै हो, दीर्घकालिन ब्यापार प्रवद्र्धन गर्न मुल्य समायोजन गर्नेदेखि उपभोक्ताको आम्दानीअनुसार बस्तु तथा सेवाको मुल्यदर कायम गर्नु हो उहाँले भन्नुभयो ।

स्थानीयस्तरमै उपलव्ध बस्तु सेवाको मुल्य स्थानीय उपभोक्ताको आम्दानीको स्रोत र मागसँग तुलना गर्न सकिने भएपनि धेरैजसो उपभोग्य बस्तुको मुल्य निर्धारण हुन नसक्ने हुनाले ब्यपार प्रवर्धनको अर्को महत्वपुर्ण औजार विज्ञापन भएको अधिकारीको भनाई छ । देउखुरी उद्योग बाणिज्य संघले थालेको कुपन कार्यक्रम, झलीमीली बनाउने, स्वागतद्वार निर्माण गरेर आकर्षण गर्दा आंशिकरुपमा विज्ञापन पनि भएको उहाँले बताउनुभयो । यो संगै उपभोक्तामैत्री कार्यक्रम बढाउदै चेतना बढाउन पनि उहाँले सुझाव दिनुभयो ।

देउखुरी उद्योग बाणिज्य संघका पुर्व कोषाध्यक्ष केशव घिमिरेले लमही र देउखुरीको समग्र ब्यापार बढाउन मुल्य समायोजन आवश्यक रहेको बताउनुभयो । उपभोक्तामा बस्तु तथा सेवाको गुणस्तर बारेमा चेतना दिदै बिक्रीपछिको सेवा दिदा बजारप्रति उपभोक्ता आकर्षित हुने विश्वास उहाँको छ । देउखुरी उद्योग बाणिज्य संघले उपहार योजना, झिलीमीली, सरसफाई लगायतको कार्यक्रमले बजारमा उपभोक्ताको चाप बढेको बताउनुभयो । तर मुल्य सन्तुुलन राख्न र ब्यापार बढाउन दीर्घकालिन रणनीति आवश्यक रहेको उहाँको सुझाव छ ।

चाडपर्वकाबेला उपभोक्ता ठूला बजारतिर आकर्षित हुन थालेपछि लमही बजारमा उपभोक्ताको संख्या बढाउन मनोरन्जनसँगै उपभोक्ता तान्नेगरी गतिविधि सञ्चालन गरिएको छ । उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कमलजंग सिंह ठकुरीले नयाँ पुस्तालाई बजारमा तान्ने कार्यक्रम अन्तरगत बजार सरसफाई, रङ्गीचङ्गी बनाउने र उपहार योजना ल्याइएको बताउनुभयो ।

उद्योग बाणिज्य संघले १० लाख रुपियाँ खर्च गरेर बजारमा आकर्षण बढाउन लागिपरेको ठकुरीको भनाई छ । स्वागतद्वार निर्माण, ध्वजापतका, आकाशमा छाता झुन्डाएर यूवा वर्गलाई आकर्षित गर्ने काम गरिएको उहाँले बताउनुभयो । ब्ब्यपारीबाटै अर्थ संकलन गरेर बजार झिलीमिली बनाइएको उहाँले बताउनुभयो । संघका उद्योग उपाध्यक्ष केशव पोख्रेलले उपहार योजना ल्याएको जानकारी दिनुहुँदै लमही बजारबाट तीन हजारभन्दा माथिको बस्तु खरिद गर्दा कुपन उपलव्ध गराउने र चिट्ठा प्रणाली अन्तरगत असोज २१ र कात्तिक १२ गते उपहार कुपन खोली बिजेता घोषणा गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाल प्रहरीको सक्रियता

भर्खरै प्रकाशित

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज