इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ । एक अर्बपतिको सो निजी विमान सानो रहेको बताइएको छ ।
उक्त विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो । बस्तीको दुई तले घरमाथि जहाज खस्दा त्यसमा रहेका आठ जनाको ज्यान गएको र पार्किङ गरेर राखिएका दर्जनौँ कारमा आगो लागेको सिन्ह्वाले जनाएको छ ।
उक्त जहाजका चालक, सहचालक र अरु ६ जना यात्रुको सो विमान दुर्घटनामा परेर निधन भएको समाचारमा जनाइएको छ । सो जहाज दुर्घटनमा परेर अर्बपति जहाजका धनी, उनका छोरा र श्रीमतीको पनि ज्यान गएको छ ।
स्थानीयहरुले उक्त दुर्घटना निकै नै डरलाग्दो भएको बताएका छन् । बस्तीमा जहाज खसेपछि त्यहाँका नागरिकहरु निकै आतंकित भएका थिए ।