Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा कोलेराविरुद्धको खोप लगाउने तयारी

Author Avatar साझा न्यूज 15th November 2021 , 5:53 AM
कपिलवस्तुमा कोलेराविरुद्धको खोप लगाउने तयारी

जिल्लामा फैलिएको हैजा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु खोप लगाउने तयारीमा जुटेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा जिल्ला खोप समन्वय समितिको बैठक बसी खोप अभियान सुरु गर्ने निर्णय गरिएको छ । प्रकोप फैलिएको पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसी खोप लगाउने र नियन्त्रणका योजना बनाइएको छ । जिल्लामा कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिका हैजा प्रभावित क्षेत्र रहेका छन् ।
ती पालिकाका एक वर्षदेखि माथिका सबै नागरिकलाई खोपको दायरामा ल्याई हैजा नियन्त्रण गर्न मङ्सिर ५ गतेदेखि यशोधरा गाउँपालिकाबाट खोप अभियान सुरु गरिने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयले बताउनुभयो । अन्य चार पालिकामा मङ्सिर ७ गतेदेखि खोप सञ्चालन हुने बताइएको छ । खोप अभियानमा शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी छ दिनसम्म लगातार चलाइने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनुभयो ।
जिल्लाका लागि दुई लाख ५२ हजार ३६३ मात्रा खोप उपलब्ध हुने स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो । यशोधरा गाउँपालिकामा ३७ हजार ७८३, महाराजगञ्ज नगरपालिकामा ५३ हजार १५६, कृष्णनगर नगरपालिकामा ६० हजार ७४३, शिवराज नगरपालिकामा ६४ हजार ७७८ र विजयनगर गाउँपालिकामा ३५ हजार ९०३ मात्रा खोप वितरण हुने बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा विश्व स्वास्थ्य सङ्गठनबाट उपलब्ध गराइएको ‘ओरल कोलेरा भ्याक्सिन’ पहिलो मात्रा लाएको १४ दिनपछि दोस्रो पटक पुनः लगाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क आइतबार साँझ ६ बजेसम्म शिवराज अस्पताल बहादुरगञ्जमा एक हजार ३७१, बैदौली स्वास्थ्य चौकीमा ९० र शिवराज आधारभूत अस्पतालमा छ जना उपचारका लागि भर्ना भएका थिए । जिल्लामा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाल प्रहरीको सक्रियता

भर्खरै प्रकाशित

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज