Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नियुक्त भएको केही घन्टामै दिइन् महिला प्रधानमन्त्रीले राजीनामा

Author Avatar साझा न्यूज 25th November 2021 , 8:53 PM
नियुक्त भएको केही घन्टामै दिइन् महिला प्रधानमन्त्रीले राजीनामा

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले आफू नियुक्त भएको केही घन्टामै राजीनामा दिएकी छन्। म्याग्डलेना यान्डरसन प्रधानमन्त्री भएको घोषणा बुधवार गरिएको थियो। तर उनको गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिइन् र बजेट पारित हुनसकेन।

“मैले सभामुखलाई आफूले राजीनामा गर्न चाहेको बताएकी छु,” यान्डरसनले संवाददाताहरूसँग भनिन्। उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले आफूले “उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको” बजेट स्वीकार गर्न नसकेको जनाएको छ।

यान्डरसनले आफूले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिश गर्ने बताइन्। “कुनै एक पार्टीले छोडेपछि गठबन्धन सरकारले राजीनामा दिनुपर्ने संवैधानिक अभ्यास रहेको छ,” सोसियल डेमोक्र्याट उनले बुधवार भनिन्। “वैधानिकतामाथि प्रश्न उठ्ने सरकारको नेतृत्व गर्न चाहन्नँ।”

संसद्का सभामुखले आफूले पार्टीका नेताहरूसँग कुरा गर्ने बताएका छन्। बुधवार यान्डरसन प्रधानमन्त्रीका रुपमा नियुक्त भएकी थिइन्। स्वीडेनको कानुन अनुसार प्रधानमन्त्री हुनका लागि विपक्षमा बहुमत सदस्यले मत नदिए पुग्छ।

स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीय सोसियल डेमोक्र्याट नेता यान्डरसन नियुक्त भइन्। उनी नियुक्त भएपछि संसद्‌मा सांसद्हरूले उठेर तालि बजाएका थिए। संसद्का ३४९ सांसद् मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए। उनलाई समर्थन गर्ने ११७ सांसद्सहित थप ५७ जना तटस्थ रहेका थिए जसले गर्दा उनले एक मतले जीत हासिल गरिन्।

सानोमा पौडीबाजमा विजेता बनेकी उनले सन् १९९६ मा राजनीतिमा हात हालेकी थिइन्। उनी त्यतिबेलाका प्रधानमन्त्रीकी राजनीतिक सल्लाहकार रहेकी थिइन्। उनी विगत सात वर्षदेखि अर्थमन्त्री रहँदै आएकी थिइन्।

  • बीबीसीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

भारतले दोस्रो लटको राहत सामग्री पठायो

भारतले दोस्रो लटको राहत सामग्री पठायो

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज