Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विराटनगरको हिमालयरोड सिँगार्ने योजना विवादमा, सडक नछेक्न स्थानीयको चेतावनी

करोड सक्ने खेल

Author Avatar साझा न्यूज 18th December 2021 , 8:41 PM
विराटनगरको हिमालयरोड सिँगार्ने योजना विवादमा, सडक नछेक्न स्थानीयको चेतावनी

विराटनगर । विराटनगरका नागरिक अगुवा मध्येका एक दिनेश श्रेष्ठले शनिबार बिहानै सामाजिक सञ्जालमा एउटा स्टाटस सार्बजनिक गरे त्यो विराटनगर महानगरको विकास सन्दर्भमा थियो । विराटनगर महानगरपालिकाले बिराटनगरको मुख्य बजारमा रहेको हिमालय रोडको सौन्दर्यकरण गर्ने भनेर सडक नै बन्द गरेको बिषयसँग सम्बन्धित थियो । विराटनगर महानगरपालिकाले भारतको ग्वान्टोकमा रहेको एमजी रोड कै कन्सेप्टमा हिमालय रोडमा संरचना बनाउन थालेपछि नागरिकले यस बारेमा असन्तुष्टि जनाएका हुन् ।दिनेश श्रेष्ठले सामाजिक सञ्जालमा महानगरले गरेको कामको बारेमा असन्तुष्टि जनाउँदै सानो भुगोलमा पैदल रोड बनाउने भन्ने कुरा बौद्धिक टाँट पल्टाईको उत्कर्ष भएको लेखेका छन् । अहिले हिमालय रोड (जनआन्दोलन चोक)मा नयाँ संरचना तीव्र गतिमा निर्माण भईरहेको छ। यसलाई ग्यान्टोकको सुप्रशिद्ध एमजी रोडसँग निर्माण कर्ता र त्यसका पक्षधरहरूले तुलना गरि रहेका छन्, उनले लेखेका छन्, एमजी रोड गहनाको रूपमा आफ्नो सौन्दर्य र गरिमाकोसाथ सहरको करिव करिव मध्य उत्तर भागमा अवस्थित छ। होटेल, रेष्टुरेन्ट र अन्य फेन्सी र ऐतिहासिकताको हिसावले यो रोड विश्व प्रसिद्ध छ, ईभिनिङ ह्याङ आउटको रुपमा यस्को विशिष्ट पहिचान र महत्व छ।’ तर एमजी रोडको दशाम्स पनि भूगोल नअ‍ोगटेको विराटनगरको हिमालय रोड सहर कै सबैभन्दा महत्वपूर्ण प्रबेश केन्द्र भएको उनले बताएका छन् । ‘यति सानो भूगोलमा हिँड्ने बाटो वनाउँछु भन्नु वौद्धिक टाट पल्टाईको चरम उत्कर्ष हो, उनले भनेका छन्, व्यापार, ट्राफिक व्यवस्थापनमा यसले पार्ने असरको बारेमा सोचेको पाईएन, यो विगतका विभिन्न आन्दोलन÷जन–आन्दोलनको गौरवपूर्ण ईतिहास वोकेको ठाउँ हो।’ यसको विरासत, ईतिहास मेटिनु नहुने भन्दै उनले लोकतन्त्रमा सनकका भरमा गलत, कुरूप र औचित्य विहिन राजनैतिक निर्णयहरू जनतामा थोपरिन नहुने तर्क गरेका छन् । ‘यो चुप्पिको मनोविज्ञानवाट वाहिर निस्कौं मित्रहरू, उनले लेखेका छन्, नत्रभने भावी पुस्ता र ईतिहासले हामीलाई सराप्ने छ।’ करोड सक्ने खेल

सवारी साधन रहित हिमालय रोडको सौन्दर्यकरण नाम दिएर कला बिल्डर्सलाई निर्माणको जिम्मा दिएपछि यो सडकमा संचना निर्माण हुँदै छ। कला निर्माण सेवाले २०७९ असोज १३ गतेसम्म निर्माण सम्पन्न गर्ने गरि भएको ठेक्का सम्झौता गत असोज १३ गते भएको हो । त्यही ठेक्का सम्झौताको आधारमा काम शुरु गरेपनि स्थानीयले महानगरको कामलाई हचुवाको भरमा भएको निर्णयको संज्ञा दिएका छन् । १ करोड ६१ लाख ४२ हजार १८३ रुपैयाँको लागत अनुमान गरिएको भएपनि निर्माण कम्पनीले १ करोड ८३ हजार २७२ रुपैयाँमा ठेक्कामा लिएर काम शुरु गरेको छ। यति धेरै लगानी गरेर सवारी सहित रोडको रुपमा सौन्दर्यकरण गर्न लागिएपनि यो दिगो काम नभएको उनीहरुको बुझाई छ । बिना योजना हचुववाको भरमा भएको निर्णयले नागरिकलाई सास्ती दिने स्थानीयको भनाई छ । ‘पब्लीक फोरमका अध्यक्ष उत्तम ढुंगेलले नागरिकलाई दुख दिने काम महानगरले गरेको बताए ।

कुनै पनि नियम र कानुनमा नभएको कुरा महानगरले गर्न थालेको छ, ढुंगेलले भने, एमजी रोडको अबधारणा ल्याईएपनि नागरिकलाई सास्ती हुने गरि मुल सडक बन्द गराउन पाईँदैन ।’ उनले बिराटनगरका मेयर भीम पराजुली तर्फ लक्षित गर्दै भने ‘बरु उनले आफ्नो घर पछाडिको सडकमा बनाए हुन्छ नागरिकलाई दुखदिनेगरि सडक नै बन्द गर्नु हुँदैन ।’ हिमालय रोडका ब्यवसायी मुकेश मैनालीले बिराटनगर महानगरपालिकाले पार्किङको ब्यवस्थापन नगरि सडकमा संरचना निर्माण गरेको आरोप लगाए । ‘बिराटनगरको बजार प्रबेश गर्ने ठुुलो सडकलाई रोकेर सडक सुन्दर बनाउने भन्दै लागेको छ उनले भने, यो सडक बन्द हुँदा यसले बिराटनगरको समग्र ट्राफिक ब्यवस्थापन नै अस्तब्यस्त पार्छ भन्ने बुझेको छैन ।’

के हो सडक सौन्दर्यकरण

हिमालय रोडलाई सिक्किमको माहात्मा गान्धी रोड (एमजी रोड) जस्तै बनाउने विराटनगर महानगरपालिकाको भनाई छ। निर्माण संरचनालाई कुनै किसिमको क्षति नपुग्ने गरि कुल १४० मिटरको लम्बाई र नाला बाहेक ११.६ मिटरको चौडाईमा ब्युटिफिकेसन गर्ने जनाईएको छ । महानगरका अनुसार फुटपाथ समेत अतिक्रमण नहुने गरि आकस्मिक वाहनको आवागमनका लागि पर्याप्त ठाउँ छुट्याएर निर्माण कार्य अघि बढाईएको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बताए । स्वीकृत योजना बमोजिम विराटनगरको महेन्द्र चौक र ट्राफिक चौक जोड्ने उक्त सडकखण्डलाई चार सेक्सनमा वर्गीकरण गरि निर्माण कार्य अघि बढाईएको छ ।

जस अन्र्तगत पश्चिमतर्फ सेक्सन (ए) मा खुल्ला क्षेत्र र विभिन्न कार्यक्रम सञ्चालनका लागि स्टेज तथा सेक्सन (बी) मा हरियाली पार्क निर्माण गरिने महानगरको योजना छ । सेक्सन (सी) मा फाउन्टेन वाटरपार्क र जनचेतनामुलक तथा सडक नाटक लगायतका कार्यक्रम सञ्चालनका लागि एमफी थिएटर र सेक्सन (डी) मा दुईचक्के सवारीसाधनका लागि पार्किङ क्षेत्र बनाईने योजना रहेको महानगरको योजना छ । विराटनगरकै निर्माण कम्पनी कला विल्र्डसले ३७.५३ प्रतिशत कम कबोल अङ्कमा योजनाको ठेक्का सम्झौता हात पारेपछि अहिले काम शुरु भएको छ। सडकको दुवैतर्फ रहेको पसल व्यावसायलाई कुनै बाधा अवरोध सिर्जना नहुने गरि हिमालय रोडको सौन्दर्यीकरण गरिने मेयर पराजुलीले मकालुखबरलाई बताए । ‘हामीले बिराटनगरमा हेर्न लायक ठाउँ बनाउने हाम्रो उदेश्य हो, उनले भने हामीले काम शुरु गर्न भन्दा पहिला नै स्थानीयलाई बोलाएर छलफलबाट मात्र निर्माणको काम थालेका हौँ, केही ब्यक्तिलाई चित्त नबुझ्न सक्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज