Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

काँग्रेस देशको एक मात्र साझापार्टी रहेकोः पूर्ब राज्यमंत्री रज्जाक

Author Avatar साझा न्यूज 27th December 2021 , 6:58 PM
काँग्रेस देशको एक मात्र साझापार्टी रहेकोः पूर्ब राज्यमंत्री रज्जाक

अमित चौहान

भैरहवा । नेपाली कांग्रेसका नवनिर्बाचित केन्द्रिय सदस्य एवम् पूर्ब राज्यमंत्री अब्दुल रज्जाकले नेपाली काँग्रेस देशको एक मात्र साझापार्टी रहेको दाबी गरेका छन । भैरहवामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा काँग्रेस समाबेशी पार्टी भएको भन्दै उनले कांग्रसलाइ देशमा कसैले हराउन नसक्ने दाबी गरेका हुन ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले सोमबार आयोजना गरेको नवनिर्वाचित केन्द्रीय सदस्य रज्जाकको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले दुनियामा कांग्रेस जस्तो अरु पार्टी नभएको बताए । कांग्रेसप्रति नेपाली जनताको विश्वास बढेको बताउदै प्रमुख अतिथि रज्जाकले जनताप्रति वफादार र उत्तरदायी भएर काम गर्न काँग्रेस नेता कार्यकर्ताहरुलाई आग्रह गरे । ‘मुलुकमा अरु पार्टीले काम गर्न सक्दैन, कांग्रेसले मात्रै गर्छ, ’रज्जाकले भने ।

कांग्रेसमा सबै जात, धर्म, वर्ग, क्षेत्र तथा समुदायको प्रतिनिधित्व भएको उनले बताए । कांग्रेस रूपन्देहीका निबर्तमान सभापति समेत रहेका पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले सबैजना एकताबद्ध भएर अगाडी बढ्दै कांग्रेसलाई मुलुकको पहिलो शक्ति बनाउनुपर्ने बताए । कृयाशील प्रतिनिधिहरूको विश्वासले जितेको भन्दै उनले पार्टीको शिर झुक्न नदिने बताए । उनले भने, ‘वडा, गाउँ, नगर, प्रदेश, प्रतिनिधिसभा सबै क्षेत्रमा पार्टीलाई जिताउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ त्यस्तै कार्क्रमका विशिष्ट अतिथि एवम् नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले रुपन्देही जिल्लामा पार्टीको संगठन कसरी बलियो बनाउने भन्ने कुरामा सबैले केन्द्रीत हुनुपर्ने बताए ।

संविधानसभा सदस्यद्वय इस्तियाक अहमद खान र जन्नतुन निशा तथा क्षेत्रियनेता नेता देवी प्रसाद चौधरी, कांग्रेस रुपन्देहीका निवर्तमान कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने लागयतले नवनिर्बाचित केन्द्रिय सदस्य रज्जाकलाइ स्वागत तथा बधाइ दिएका थिए । त्यस्तै क्षेत्र नम्बर ३ (क) का सभापति सुरेन्द्रजंग थापा, सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का तथा शुद्धोधन गाउँपालिकाका सभापति दामोदर पौडेलले रुपन्देहीबाट (दुईजना) बालकृष्ण खाँण र अब्दुल रज्जाक पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुनु गर्वको विषय भएको बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको सभापतित्वमा सम्पन्न स्वागत तथा भेटघाट कार्यक्रम क्षेत्र नम्बर ३ (ख)का सभापति घनश्याम चालिसेको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज