रौतहट, १३ पुस । रौतहटमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको छ । चन्द्रपुर–गौर सडकखण्डअन्तर्गत जन्ती बोकेको सवारी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
भारतीय बीआर ०५ पीए ६९५३ नम्बर प्लेटको रातो स्कारपियो दुर्घटना हुँदा चारजनाको मृत्यु भएको र तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार सबै भारतीय नागरिक रहेको बुझिएको छ ।
मृतकको शव पोस्टमार्टमको लागि ग्रान्डी अस्तालमा तीन जनाको र एक जनाको हेल्थ लाइन अस्पताल गरुडामा राखिएको छ । गाडीमा सात जना सवार थिए ।