Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री

Author Avatar साझा न्यूज 3rd January 2022 , 8:30 AM
मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ, पुस १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आइतबार आयोजना गरेको मानव अधिकार पुरस्कार वितरण गर्दै उक्त कुरा बताउनुभयो ।

समारोहमा उहाँले संयुक्त राष्ट्र सङ्घको मानव अधिकारसम्बन्धी घोषणापत्रले उल्लेख गरेका विषयलाई कार्यान्वयन गर्न नेपाल प्रतिबद्ध रहेको समेत बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “मानव अधिकार घोषणापत्रको भावनाअनुसार नेपालले आन्तरिक कानुनमा सुधार गरिरहेको छ । यो क्रमलाई आवश्यकताअनुसार आगामी दिनमा पनि निरन्तरता दिन्छौँ ।”

मानव अधिकारको क्षेत्रमा नेपालले गरेको सुधार र उपलब्धिको अन्तर्राष्ट्रिय जगत्बाट पनि प्रशंसा भइरहेको प्रधानमन्त्री देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल दुई पटकसम्म संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद् सदस्यमा निर्वाचित हुनु यसैको परिणाम हो । यो क्रमलाई आउने दिनमा पनि निरन्तरता दिनुपर्छ ।”

कोभिड–१९ को महामारीको अवस्थामा पनि नागरिकको मानव अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो । उहाँले मानव अधिकारको संरक्षण गर्ने सरकारी अभियानमा सघाउन अधिकारकर्मी, बुद्धिजीवी, प्राध्यापकलाई अनुरोध गर्नुभयो ।

लोकतन्त्रको सुदृढ गर्नसमेत मानव अधिकारको संरक्षण आवश्यक हरेको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “मानव अधिकारबिना लोकतन्त्र रहन्न । लोकतन्त्रबिना कानुनी शासन रहन्न ।”कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार मानव अधिकारको संरक्षणमा सचेत रहेको बताउनुभयो ।

मानव अधिकार पुरस्कार व्यक्तितर्फ मानव अधिकार रक्षाको अभियानमा सक्रिय रहनुभएका कपिलवस्तुका शैलेन्द्रप्रसाद हरिजन अम्बेडकर र संस्थातर्फ शक्ति समूहकी संस्थापक चरिमाया तामाङलाई मानव अधिकार पुरस्कार प्रदान गरिएको हो । उहाँहरूलाई प्रधानमन्त्री देउवाले आइतबार पुरस्कार प्रदान गर्नुभएको थियो ।

हरिजनलाई दलित, अल्पसङ्ख्यक, बालबालिकाको अधिकार स्थापनामा क्रियाशील रहेको तथा मानव अधिकार उल्लङ्घनका घटनालाई उजागर गरेको लगायतका काममा अभियानमा सक्रिय रहेका कारण व्यक्तिगत रूपमा पुरस्कारका लागि छनोट गरिएको जनाइएको छ ।

शक्ति समूहलाई भने संस्थागत रूपमा महिला बेचबिखनविरुद्ध अभियान सञ्चालन तथा विदेशमा बेचिएका चेलीको उद्धारलगायतका काममा सक्रिय भएका कारण पुरस्कारका लागि छनोट गरिएको मन्त्रालयका सचिव उदयराज सापकोटाले जानकारी दिनुभयो । पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपियाँ र प्रमाणपत्र  रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज