Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जिल्ला समन्वय समितीको चौथो जिल्ला सभा

Author Avatar साझा न्यूज 4th January 2022 , 6:19 AM
जिल्ला समन्वय समितीको चौथो जिल्ला सभा

कपिलबस्तु, पुस २०

जिल्ला समन्वय समिती कपिलवस्तुको चौथो जिल्ला सभा कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । सभामा समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले समितिका नितिहरु प्रस्तुत गरेका थिए । प्रमुख खनालले जिल्लाको सन्तुलित विकास गर्न जिल्ला भित्रका सबै स्थानीय तहहरुको विकास निर्माणका बिषय पहिचान गर्ने र सो को ब्यबस्थापन गर्न आवश्यक समन्वयलाई प्रभावकारी बनाईने, जिल्ला भित्र गैरसरकारी संघ संस्थाहरुबाट संचालन भईरहेका र संचालन हुने योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने तथा जिल्लामा रहेका संघिय तथा प्रदेश सरकारी कार्यालय र स्थानीय तहहरुको बिचको समन्वयलाई प्रभावकारी बनाउने जस्ता नितिहरु प्रस्तुत गरेका थिए । त्यस्तै खनालले जिल्लाका पालिकाले खुल्ला दिसामुक्त, पुर्ण खोप तथा बालविवाह मुक्त घोषणा गरेअनुसार त्यसको प्रभावकारी कार्यान्वयन तर्फ पालिका प्रमुख तथा उप प्रमुखले ध्यान दिन आवश्यक रहेको बताए । प्रमुख खनालले सबै पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई क्षमता विकासका तालिम सञ्चालन गर्ने, बिकास निर्माणका कामलाई तिब्रता दिने सम्बन्धमा तथा बहुक्षेत्रीय पोषण अन्तर्गतका सबै सुचकहरु पुरा भए नभएको अनुगमन गर्ने जस्ता नितिहरु प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेलले आर्थिक बर्ष २०७७÷७८ को यथार्थ तथा चालु आर्थिक बर्ष २०७८÷७९ को अनुमानित बजेट प्रस्तुत गरेका थिए । अधिकारी पोख्रेलले समितिका अयास्रोत, बार्षिक आयव्यय प्रस्तुत गर्दै स्थानीय तहले बेरुजु शुन्यमा झार्न आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी सरोकारवालाहरुले छाडा पशुचौपाया ब्यबस्थापन हुन नसकेको, फोहोरमैला ब्यबस्थापन गर्न नसकेको लगायतका बिषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जिल्ला समन्वय समितिले ल्याएका २१ बुदे नितिले साझा धारणा समावेश गरेको बताए । कपिलवस्तु जिल्लाका मुद्धा हेर्ने निकायलाई ऐन नियम तथा नितिबारे प्रशिक्षण दिन आवश्यक रहेको बताए । जिल्ला स्थानीय तहले फोहोरमैला तथा छाडा पशु चौपाया ब्यबस्थापन गर्न नसक्नु दुःखद रहेको बताए । हरेक पालिकाले केहि निति निर्माण गर्न बाँकी रहेकाले विभिन्न योजना अलपत्र परेको बताए । राष्ट्रिय परिचय पत्र तथा मतदाता नामावली तथा मतदान सम्बन्धी नागरिकलाई शिक्षा दिनुपर्ने बताए । नदी जन्य पदार्थ उतखनन्, सीमा नाकाको विवादमा पालिका पालिका बिचमा समन्वय गरेर अगाडि बढ्दा राम्रो हुने बताउदै आ आफ्ना पालिकाको राजश्व बृद्धि गर्नमा ध्यान दिन आवश्यक रहेको बताए । सरकारले लागु गरेको निःशुल्क शिक्षा कार्यान्वयनको प्रक्रिया प्रति ध्यान दिन सिडिओ पाण्डेले अनुरोध गरे ।

कार्यक्रममा महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँ, यशोधरा गाउँपालिकाका उपाध्यक्ष कन्यावती उपाध्याय, जिल्ला समन्वय समितिका उप प्रमुख तारावती चौधरी लगायतले सरोकारवालका जिज्ञासहरुको जवाफ दिंदै आ आफ्नो धारणा राखेका थिए ।

जिल्ला सन्वय समिति प्रमुख खनालको अध्यक्षता समन्वय समिति सदस्य तेज बहादुर रायमाझिको धन्यवाद ज्ञापन तथा सुरेन्द्र प्रसाद बेल्बासेको सञ्चालन रहेको कार्यक्रममा गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उप प्रमुख, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज