त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड विनयी त्रिवेणी ६ पुर्वी नवलपरासीको २०औं साधारणसभा तथा ६ औं अधिवेशन त्रिवेणी धाममा सम्पन्न भएको छ। संस्थाको अध्यक्ष तारादेवी पौडेलको अध्यक्षता तथा विनयी त्रिवेणी ६ की महिला वडा सदस्य सफला नेपालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।


सो अवसरमा प्रमुख अतिथि नेपालले सहकारीबाट आर्थिक प्रगति गर्न सकिने विचार व्यक्त गर्नुभयो। कार्यक्रममा संस्थाकी अध्यक्ष पौडेलले अध्यक्षको प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिकी संयोजक सरस्वती भट्टराईले लेखा समितिको प्रतिवेदन र संस्थाकि प्रबन्धक रम्भा सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी त्रिवेणी उपशाखा सभापति रन्नता काफ्ले , शुभलाभ बचत तथा ऋण सहकारी संस्थाकि प्रतिनिधि विरेन्द्र महत, लायन्स क्लबकी अध्यक्ष सरिता शर्मा, सन्चारकर्मी श्याम थापा,सम्झना सुवेदी लगायतले सहकारी गतिविधिमाथी प्रकाश पार्नु भएको थियो। कुल ५५५ सेयर सदस्य सहकारी संस्थाले आर्थिक वर्ष ०७७/०७८ मा १३ लाख ८१ हजार शुद्ध नाफा गरेको जानकारी गराइएको छ। संस्थाकि उपाध्यक्ष तुलसा ज्ञवालीको स्वागतबाट सुरु भएको कार्यक्रमलाई संस्थाकि प्रबन्धक रम्भा सिंहले सञ्चालन गर्नुभएको थियो। सम्पन्न अधिवेशनले तारा देवी पौडेलको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ,जसको उपाध्यक्षमा निर्मला गैरे,सचिवमा जानकी काफ्ले,कोषाध्यक्षमा दिपा रायमाझी, सहसचिवमा अन्जना गौतम चयन हुनुभएको छ। सदस्यहरुमा भगवती ढुंगाना, सम्झना कुमारी लगायत रहनुभएको निर्वाचन समितिले जानकारी दिएको छ। त्यसैगरी मितेरी कृषी बचत तथा ऋण सहकारी सस्था लिमिटेड प्रतापपुर ७ गुठिसुर्यपुराको सातौँ बार्षिक साधारण सभा विहिबार सम्पन्न भएको छ । सस्थाका अध्यक्ष सुरेन्द्र कुमार चौधरीको अध्यक्षता तथा प्रतापपुर गाउपालिका कार्य बाहक अध्यक्ष अञ्जु कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले ग्रामिण क्षेत्रमा खुलेका सहकारी सस्थाहरुले पुजीपति र महाजनको चर्को ब्याजदर बाट विपन्न वर्गलाई सहकारीले मुक्ती दिलाएको धारणा राख्नुभयो । सो अवसरमा सहकारी विकास बैंक बर्दघाट शाखाकी प्रमुख सविना पोखरेलले आर्थिक अनुशासनमा रही गरिने क्रियाकलापबाट राम्रो नतिजा प्राप्त गर्न सकिने बताउनुभयो । कार्यक्रममा सस्थाका सचिव प्रकाश पण्डितले सचिवको प्रतिबेदन, ब्यवस्थापक कृष्णमोहन गुप्ताले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा जेष्ठ नागरिक, अपांगता, नियमित बचतकर्ता तथा बाल बचतकर्ताहरुलाई कदर सहित सम्मान गरिएको थियो । साधारण सभामा वडा नम्बर ७ का वडाध्यक्ष हरेन्द्र कुमार यादव, रामअवतार कुश्वहा, अरविन्द चौधरी, निम नरायण चौधरी लगाएतले मन्तब्य राख्नुभएको थियो । संस्थाले आर्थिक वर्ष ०७७/०७८ मा ७ लाख ९ हजार शुद्ध नाफा गर्न सफल भएको आयोजकले बताएको छ।















































