कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगर प्रमुख रामदास गुप्ताको ८२ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार बिहान आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
गुप्ता साझा न्यूज पत्रिकाका सल्लाहकार अखिलेश कुमार गुप्ताका बुवा हुन्। उनको निधनको खबरले साझा न्यूज पत्रिका परिवार स्तब्ध भएको छ।
जिल्ला सदरमुकाम तौलिहवा गाउँ पञ्चायत हुँदादेखि कपिलवस्तु नगरपालिका गठनपछिसम्म गरी २५ वर्षभन्दा बढी समय नेतृत्वदायी भूमिकामा रहेका गुप्ता स्थानीय तहको नेतृत्वमा लामो समय बिताएका व्यक्तित्व थिए।
उनको निधनप्रति साझा न्यूज पत्रिका परिवारले दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
गुप्ताको अन्त्येष्टि शुक्रबार बिहान १० बजे तौलिहवास्थित रामघाटमा गरिने परिवारले जनाएको छ।
















































