Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जापानी महिलाले मागिन् वीर्यदातासँग २८ लाख डलर क्षतिपूर्ति

Author Avatar साझा न्यूज 19th January 2022 , 5:45 PM
जापानी महिलाले मागिन् वीर्यदातासँग २८ लाख डलर क्षतिपूर्ति

टोकियो – जापानमा एक महिलाले वीर्यदातासँग २८ लाख डलर क्षतिपूर्ति मागेकी छन् । उनले आफूलाई गर्भवती बन्न सहयोग गर्ने वीर्यदाता पुरुषविरुद्ध क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेकी हुन् ।

ती महिलाले वीर्यदाताले आफ्नो सामाजिक प्रतिष्ठा, शैक्षिक पृष्ठभूमि र जातीयताबारे झुटो बोलेको आरोप लगाएकी छन् । परिचय नखुलाइएकी तथा राजधानी टोकिया निवासी ३० वर्षीया ती महिलाले भनेकी छन्, ‘म र मेरो पति दोस्रो बच्चा जन्माउन चाहन्थ्यौँ । तर, मेरो पतिको आनुवंशिक समस्या भएको चाल पाएपछि हामी चिन्तामा पर्‍यौँ ।’ त्यसपछि यस दम्पतीले वीर्यदाताको खोजी गर्न थाले ।

सामाजिक सञ्जालमार्फत उनीहरूले जापानको प्रतिष्ठित क्योटो विश्वविद्यालयबाट स्नातक गरेको बताइएका एक २० वर्षीय वीर्यदाता युवक भेट्टाए । उनले आफूलाई अविवाहित जापानी नागरिक भनेर चिनाएका थिए । ती युवकसँग करिब १० चोटि यौनसम्पर्क राखेपछि उनी अन्ततः सन् २०१९ को जुनमा गर्भवती बन्न सफल भइन् ।

तर, पछि उनले ती युवक जापानी नभई एक विवाहित चिनियाँ भएको खुलेको याहोडटकमले उल्लेख गरेको छ । साथै ती पुरुषले कहिल्यै क्योटो विश्वविद्यालयमा पनि नपढेको तथ्य फेला परेको छ । बच्चा जन्माइसकेपछि दम्पतीले बच्चालाई अस्वीकार गरे । अहिले त्यस बच्चालाई टोकियोस्थित एउटा शिशु स्याहार केन्द्रमा राखिएको छ ।

ती महिलाले उनले आफूसँग यौनसम्पर्क राख्न झुटो विवरणको सहारा लिएको बताएकी छन् । साथै, उनले आफूलाई भावनात्मक चोट पुर्‍याएबापत ती युवकसँग करिब २८ लाख अमेरिकी डलरको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी छन् । जापानको ‘थाहा पाउने अधिकार’ कानुनअनुसार वीर्यदाताले जैविक अभिभावकहरूलाई चिन्ने अधिकार छ ।

तर, वीर्यदान मामिलामा अनावश्यक झैझमेलाहरू आइपर्ने डरले अधिकांश वीयर्दाता भने आफ्नो परिचय गोप्यै राख्न रुचाउँछन् । जापानमा सामाजिक सञ्जालमार्फत वीर्यदाता खोज्ने दम्पतीको सङ्ख्या बढ्दै गएको छ । अहिलेसम्म १० हजार बालबालिकाको वीर्यदानकै सहयोगमा जन्म भइसकेको सरकारी तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

भारतले दोस्रो लटको राहत सामग्री पठायो

भारतले दोस्रो लटको राहत सामग्री पठायो

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज