Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

संरक्षणको पर्खाईमा वनबाबा समाधि स्थल

Author Avatar साझा न्यूज 31st January 2022 , 7:49 PM
संरक्षणको पर्खाईमा वनबाबा समाधि स्थल

–वशिष्ठ तिवारी

कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं ४ नेपाल -भारत सीमामा पर्ने गाउँ चाकर चौडा एउटा पवित्र एतिहासिक स्थल हो जुन लगभग ३ बिघामा फैलिएको छ।

कपिलवस्तु जिल्लाको मुख्य ब्यापारिक सीमा नाकाहरु मध्ये चाकरचौडा -अलिगढवा नाका पनि एक हो। खासमा चाकरचौडाको मुख्य विशेषता के हो भने , त्यहाँ एउटा वनबाबा नाम गरेको चाकरचौडा सीमा सुरक्षा चौकीको पुर्व पट्टी अवस्थित बिक्रम सम्वत १९९१ निर्माण भएको बाबाको तपोस्थल छ।

वनबाबा एक सिद्ध पुरुषको तपोस्थलको रुपमा उक्त क्षेत्र प्रसिद्ध छ। खासमा लोककथा अनुसार वनबाबाको तपोस्थलमा महिलाहरुको आगमन बाबाद्वारा निषेध गरिएको थियो किनभने वहाँ एउटा सिद्ध पुर्ण ब्रह्मचारी ब्यक्तित्व हुनु हुन्थ्यो।

सिद्ध पुरुष वनबाबा चाकरचौडा आफ्नो कुटिया देखि भारतको उत्तर प्रदेश सिद्धार्थनगर जिल्लाको नरकुल सम्म पानी माथि समेत पैदल हिँडेर जाने गरेको कथा निकै प्रचलित छ।

त्यति मात्रै न भएर सुखायाममा अर्थात बर्खा नभएको खण्डमा वनबाबाको समाधिस्थलमा स्थानीय महिलाहरू गई प्रार्थना गरेमा बर्खाहुने जनविश्वास समेत रहि आएको पाइन्छ।

चाकरचौडा वरिपरिकाका विद्यार्थी जो ज्ञान आर्जन गर्न तत्पर थिए त्यो बेलाका, उक्त विद्यार्थीहरुलाई बाबाले समय मिलाई शिक्षण गर्ने गरेको कुरा जानकारहरु बताउछन ।

वनबाबा क्षेत्रको वीच प्राङ्गणमा मुख्य आकर्षणको रुपमा वन बाबा तथा वहाँको शिष्य बनारसी बाबाको समाधि स्थल छ जुन इटा एवं गारा द्वारा केहि माथि उठाई संरक्षित गरिएको छ। अर्को आकर्षणको केन्द्र यज्ञ शाला हो जुन सामुहिक चन्दा द्वारा निर्माण गरिएको छ, त्यहि तेस्रो आकर्षको केन्द्र त्यहिंका स्थानीय बरकुल निवासी दीप शुक्ला द्वारा निर्माण गरिएको सानो धर्मशाला हो , जुन बास बस्न को लागि प्रयोग गरिन्छ।

खासमा बनबाबाको प्राङ्गण चारै तिरबाट इटाँको भित्ता ले घेरिएको छ । बनबाबा यति सिद्धी प्राप्त थिए कि बाबा जिवीत हुँदै आफ्नो शरिरको लागि ३ बोरा नुन लगायत आवश्यक सामग्री संकलन गरि आफ्नो स्वर्गारोगहणको समय समेत पहिलै तोकि शरीर त्याग गरेको प्रमाण पाइन्छ।

अहिले पनि त्यहाँ ब्यवस्थापनको आभाव प्रष्ट देखिन्छ। वनबाबाको समाधी परिसरमा दैनिक पूजा,हवन,आरति लगायतका दैनिक कर्मकाण्डको निमित प्रायः पूजारीहरु टिकाउ भएको पाइँदैन सयद त्यो ब्यवस्थापन समितिकै कमजोरी हुनसक्छ।

दुर्भाग्य वस वनबाबाको नजिकै स्थानीय ब्यापारीहरुद्वारा सुँगुर बध गरेर खुलेयाम सुँगुरको मासु बेच्ने गरेका छन्। जसको ब्यबस्थापन आजको अवश्यक्ता हो।

वनबाबा ब्यवस्थापन समितिद्वारा सो पवित्र स्थलको विगतका रहस्यमय कुराहरु खोजविन गरे धेरै कुरा बाहिर ल्याउन सकिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज