Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नवलपरासीमा चैते धानको रोपाइँ सुरु

Author Avatar साझा न्यूज 23rd February 2022 , 7:02 PM
नवलपरासीमा चैते धानको रोपाइँ सुरु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चैते धान रोपाइँ सुरु भएको छ ।

धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागबानी विकास अधिकृत शङ्कर पौडेलले धानको पकेट क्षेत्र लागू भएको गैँडाकोट–११ को भेँडाबारीमा चैते धान रोपाइँ सुरु भएको बताए ।

‘चैते धानको उत्पादन वृद्धि गर्नका लागि केन्द्रले पकेट क्षेत्र लागू गर्दै किसानलाई अनुदान वितरण गर्दै आइरहेको छ’, उनले भने, ‘जिल्लाको गैँडाकोट ११, कावासोती १४ र १७ तथा बुलिङटारमा धान पकेट क्षेत्र लागू गरिएको छ ।’

धान पकेट क्षेत्र लागू गरिएको पुरानो स्थानमा प्रति पकेट २४ लाखसम्म तथा नयाँ क्षेत्रमा १२ लाखसम्म अनुदान दिइने गरेको बागबानी विकास अधिकृत पौडेलले बताए ।

केन्द्रले चैते धान उत्पादन हुने, सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गर्दै चैते धानको उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै आइरहेको उनको भनाइ छ ।

पकेट क्षेत्र लागू भएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, मल, बीउ, यान्त्रिकीकरणलगायतमा अनुदान दिने गरेको अधिकृत पौडेलले बताए ।

धानको पकेट क्षेत्र हुनका लागि एकै ठाउँमा १५० हेक्टर जमिनमा धानखेती गरिएको हुनुपर्ने उनको भनाइ छ । जिल्लामा चैते धान उत्पादनका लागि पकेट क्षेत्र निर्माण गरेसँगै चैते धानतर्फ किसानको आकर्षण बढ्दै गएको पौडेलले बताए ।

गतवर्ष ७०० हेक्टरमा रोपाइँ भएको चैते धान यसवर्ष ७५० हेक्टर क्षेत्रफलमा हुने विश्वास गरिएको उनको भनाइ छ ।

यसवर्ष कावासोती–१४ लाई धानको पकेट क्षेत्रको रुपमा समावेश गरिएका कारण पनि चैते धान लगाउने क्षेत्रफलमा वृद्धि हुने भएको छ ।

केन्द्रसँगै यहाँका विभिन्न स्थानीय तहले धान उत्पादनको वृद्धिका लागि यसको पकेट क्षेत्र सञ्चालन गरेर किसानलाई सिँचाइ, मल, बीउ र यान्त्रिकीकरणमा सहयोग गर्दै आइरहेको छ ।

जिल्लाको कावासोती, गैँडाकोट, मध्यविन्दु, विनयी त्रिवेणी र बुलिङटारमा चैतधान उत्पादन हुँदै आएको छ ।

जिल्लामा विशेषगरी चैते धानका रूपमा हर्दिनाथ–१, टाइचिन, स्थानीय अनदी, सिएच ४५ जातको धान रोप्ने गरिएको अधिकृत पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भर्खरै प्रकाशित

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज