Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कसरी बन्ला कांग्रेस अन्तरद्वन्द्व प्रतिरोधक पार्टी ?


कसरी बन्ला कांग्रेस अन्तरद्वन्द्व प्रतिरोधक पार्टी ?

डा. विकास सिंह (गगन)
इतिहास पल्टाएर हेर्दा कालान्तरमा नेपाली कांग्रेसको जनआधार खस्किदै गएको प्रत्यक्ष रुपमा महसुस गर्न सकिन्छ । गएको स्थानीय तह र संसदिय निर्वाचनको नतिजा यसका गतिला नजिर हुन । समाजवाद, राष्ट्रियता र प्रजातन्त्रमा विश्वास राख्ने दलको जनआधार खस्किनु देश र जनताको लागि कदापि फलदाहि हुदैन, त्यसैले यो विषयमा गहन छलफल र समिक्षा हुनु नितान्त आवश्यक छ ।

बिडम्वनानै भन्नु पर्छ कांग्रेस भित्र यस विषयमा ठोस विश्लेषण भएकै छैन् । हाम्रा नेताहरुको भाषण सुन्दा नेपाली कांग्रेसको जनआधार गुुम्नुमा दल भित्र भएको गुट उपगुट तथा अन्तर कलह नै यसको प्रमुख कारण हो भन्ने नेतृत्वको ठम्याई छ, भन्ने प्रष्ट हुन्छ । कुनै पनि रोगको उपचार गर्न रोगको सहि निदान आवश्यक हुन्छ । यदि रोग निको भएको छैन भने निदानमै केहि त्रुटि छ भन्ने प्रष्ट हुन्छ । त्यसै गरि अन्तरद्वन्द नै नेपाली कांग्रेसको समस्या भए संस्थापन र सस्थापन इतर पक्षमा गरिने ६० र ४० को भागवन्डाले पार्टीलाई किन मजबुत पार्न सकेन ? यो कुराले पनि हाम्रो नेतृत्वको विश्लेषण, निश्कर्ष सतही र आधारहिन हुन भन्ने प्रष्ट हुन्छ ।

उदाहरणको लागि यदि कुनै संरचना २ रेक्टरको भुकम्पले भत्किन्छ भने त्यो संरचना भुकम्पले गर्दा हो वा कमसल जग र पिलरले गर्दा भत्किएको हो ? आजभोली ८ रेक्टर सम्मको भुकम्पलाई सहन सक्ने संरचनाहरु निमार्ण भई रहेका छन् । भुकम्प गइिरहने देशहरुमा भुकम्प प्रतिरोधक संरचनाहरु बनाईएका हुन्छन् । कुनै पनि जिवन्त दलमा गुट उपगुट र अन्तर कलह हुनु नित्तान्त स्वभाविक र प्राकृतिक घटना हो । भारतिय जनता पार्टीले सन २०१४ मा भएको निर्वाचनमा नरेन्द्र मोदिलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दा बिजेपी संस्थापक नेता लालकृष्ण आणवानी समुहका नेताहरु रुष्ट भएकै हुन ।

आम आदमी पार्टि (आप) का संस्थापक नेताहरु प्रशान्त भुषण, योगेन्द्र यादव तथा कुमार विश्वास लगायतका नेताहरुले (आप) छोडेकै हुन, नेपाली कांग्रेसको इतिहास हेर्दा पनि मात्रिका प्रसाद कोईराला र तुलसि गिरी जस्ता नेताहरुले नेपाली कांग्रेस परित्याग गरेकै हुन । राजनीतिमा यस्ता घटनाहरुका अनगिन्ती उदाहरणहरु भेटिन्छन् । नेतृत्व पंक्तिले गुट उपगुट र अन्तर कलह कुनै पनि राजनितिक दलको मुल भुत गुण हो, भन्ने कुरा आत्मसात गर्न जरुरी छ । अनिमात्र यसको सही उपचार निकाल्न सकिन्छ । भारतमै अन्तरद्वन्दका बावजुत भाजपा र आप कसरि फस्टाईरहेका छन यो कुरा बुझन जरुरी छ । अनि मात्र अन्तरद्वन्द प्रतिरोधक दल निर्माण गर्न सकिन्छ ।
अन्तरद्वन्द प्रतिरोधक दल निर्माण गर्नका लागि विश्व इतिहासकै महान व्यक्तित्व नेपोलियन वोनापार्ट संग केहि पाठ सिक्न सकिन्छ ।

नेपोलियनले भनेका थिए “An Army Marches on Its stomach “ अर्थात हातहतियार र गोलि बारुदले होईन सैनिक लाई चढाई गर्न रसदको आवश्यकता हुन्छ । यसको गतिलो उदाहरण सन १७६१ मा भएको मराठा र दुरानी साम्रराज्य बिच भएको तेस्रो पानिपथको लडाई हो । मराठाहरुले रसद आउने दोवावको बाटोमा आºनो कब्जा कायम राख्न नसक्दा ठुलो सैन्यदल र हातहतियार हुंदा हुंदै पनि इतिहासकै ठुलो हार बेहोर्नु पर्यो । मराठा साम्रराज्य यो हार बाट कहिले बाहिर आउन सकेन क्रमस उनिहरुको शक्ति क्षिण हुंदै गयो र कालान्तरमा भारतमा अंग्रेजहरुको आधिपत्य हुन पुग्यो ।
नेपोलियनको भनाई लाई अहिलेको राजनितिक परिवेशमा उल्था गर्ने हो भने ” A Well Functioned Political Organization Run On Mutual Respect” अर्थात कुनै पनि राजनितिक संगठन सम्मानले चल्छ । संगठन भन्नाले पार्टीको विभिन्न तह र तप्कामा रहेका पदाधिकारीहरु मात्रै होईनन् संगठन भनेको सर्वसाधारण जनताहरुको समुह हो । जसले पार्टीको आदर्श नीति लाई आत्मसाथ गरि सामाजिक र सामुहिक हितलाई सर्वोपरि राखि निस्वार्थ भावनाले पार्टीको चिन्नलाई रोज्ने गर्दछन् । यस्ता व्यक्तिहरु पार्टी बरियतामा सबै भन्दा तल्लो तहमा पर्दछन् ।

तर जवजव पार्टी र देशलाई बलिदानको खाँचो हुन्छ इनिहरु अग्रपक्तीमा खडा हुन्छन् । यस्ता निश्वार्थ र परम बलिदानिहरुको रगत पसिनाले देश र पार्टी जिवन्त रहन्छ । यिनिहरुलाई पार्टीमा जोडन नेपाली कांग्रेसले टोल कमिटिको अवधारणा ल्याएको छ । तर एउटा दुःखको कुरा टोल कमिटिलाई पार्टीका ठुला नेताहरुले नितिगत निर्णय गर्दा कहिले सामिल गर्दैनन् । पार्टीको सिफारिसले हुने काममा पनि टोल कमिटिलाई वेवास्ता गरिन्छ, तिनिहरु संग छलफल र सल्लाह गर्ने औपचारिकता सम्म पनि निभाईदैन् । चुनाव र आन्दोलनको बेला मात्र यिनिहरुलाई सम्झने गरिन्छ ।
बरु हिन्दुस्तानका महान संम्राट अकवर भेस बदलेर रैतिहरुको बिचमा गई तिनिहरुको राय सल्लाह बुझने गर्थे । हाम्रा पार्टीका संम्राटहरु पार्टीको साधारण कार्याकर्ताहरु संग राय लिनु त धेरै .ठुलो कुरा भयो तिनिहरु पार्टीमा छन भन्ने महसुस सम्म पनि गराउदैनन् । आºनो दरबारमा बिन्ती पत्र चढाउने र चाकडी गर्नेहरुलाई मात्र काखि च्यापेर इमान्दार कार्यकर्तालाई पाखा लगाउने गर्छन् ।

चाकडीबाजहरुको तपस्याबाट खुसी भई शिवले जस्तो तथास्तु भनी भष्मासुर जन्माईन्छ । यस्ता भष्मासुरहरु नितान्त व्याक्तिगत स्वार्थलेमात्र नेतृत्वसंग जोडिएको हुन्छन् । आफ्नो स्वार्थ पुरा नहुंदा नेता र पार्टीलाई यिनीहरुले खरानी पार्दछन् । धान खाने मुसो गाल पर्ने भ्यागुता भने जस्तै चुनाव हारे पछी हाम्रा नेताहरु कंग्रेसले नै कंग्रेसलाई हरायो भन्ने राग अलाप्न थाल्छन् ।
संस्कृतमा एउटा उखान छ । ‘धर्मो रक्षती रक्षितः’ अर्थात जस्ले धर्मको रक्षा गर्छ उसलाई धर्मले रक्षा गर्छ । राजनैतिक भाषामा भन्नु पर्दा ‘संगठन रक्षती रक्षितः’ जसको अर्थ जस्ले संगठनको रक्षा गर्छ उसलाई संगठनले रक्षा गर्छ ।

ढोगीहरुको झुटो तपस्यासंग प्रशन्न भई जव सम्म नेतृत्वले तथास्तु भन्दै भष्मासुर पैदा गर्छ, ईमान्दार कार्यकर्ताहरुको अस्तित्व सम्म स्वीकारीदैन्, कार्यकर्ताहरुलाई सम्मान दिदैनन् तव सम्म कांग्रेस पार्टी कहिले पनि उभो लाग्दैन् । नेतृत्वपक्तिले कार्यकर्ताहरुको दुई छाक टारदिनु पर्दैन उनिहरुको अस्त्वि स्वीकार गरि हासेर बोल्दिए पुग्छ । जुन पार्टीमा कार्यकर्ताको सम्मान हुन्छ, त्यो पार्टी प्रतिको कार्यकर्ताको माया, स्नेह र आकर्षण हुन्छ ।

कार्यकर्ताहरु नेतामुखी नभई पार्टी मुखी हुन्छन् कार्यकर्ताले व्याक्ति होईन पार्टी रोज्जछन, व्याक्ति होइन पार्टी बोक्छन् । अनि बल्ल बन्छ कांग्रेस अन्तरद्वन्द्व प्रतिरोधक पार्टी, अनी कांग्रेसले कांग्रेसलाई कहिले हराउदैन् । लेखक नेपाली कांग्रेस कपिलबस्तुको कपिलबस्तु नगरपालिका वडा नं. ३ का वडा सभापति(बुथ सभापति) हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मन्त्रीको नाम तयार छ, प्रधानमन्त्रीको जवाफ कुर्दै छौँ: एकीकृत समाजवादी

मन्त्रीको नाम तयार छ, प्रधानमन्त्रीको जवाफ कुर्दै छौँ: एकीकृत समाजवादी

सबै तहका सरकारसँग दोहोरो समन्वय आवश्यक: मन्त्री मोदी

सबै तहका सरकारसँग दोहोरो समन्वय आवश्यक: मन्त्री मोदी

बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

यो सरकार ५ वर्षसम्मै टिक्छ : प्रधानमन्त्री प्रचण्ड

यो सरकार ५ वर्षसम्मै टिक्छ : प्रधानमन्त्री प्रचण्ड

माओवादी केन्द्रका नेता कुशवाह जनमत पार्टीमा प्रवेश

माओवादी केन्द्रका नेता कुशवाह जनमत पार्टीमा प्रवेश

बजेट अभावमा अलपत्र आधुनिक बधशाला

बजेट अभावमा अलपत्र आधुनिक बधशाला

भर्खरै प्रकाशित

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

fifa हत्याको आरोपमा आठ पक्राउ

fifa हत्याको आरोपमा आठ पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि