Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रुँदै विदा भइन् रामकुमारी झाँक्री

Author Avatar साझा न्यूज 26th June 2022 , 7:11 PM
रुँदै विदा भइन् रामकुमारी झाँक्री

काठमाडौं – अन्तत : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छिन्। मन्त्रालयमा पत्रकार सम्मेलन गर्नुअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएकी हुन्।

साढे ४ बजे नै पत्रकार सम्मेलनको समय तय गरिए पनि उनी प्रधानमन्त्री देउवालाई भेटेर ५ः४० मा मात्रै बालुवाटारबाट बाहिरिएकी हुन्।

झाँक्रीले मन्त्रीका रुपमा ८ महिना २० दिन बिताएको बताएकी छिन्। आफूलाई अपमानपूर्ण रुपमा हटाएको भन्दै संसदीय दलको बैठक बोलाउन माग गर्नेमध्ये एक झाँक्रीले एक्कासी राजीनामा दिएकी हुन्।

शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् ।उनको आँखा आँसुले टिलपिल भएको थियो ।

उनले आँशु रोक्न प्रयास गरिरहेकी उनी असफल भएकी थिइन्। भावुक भएका कारण आफूलाई बोल्न कठिनाइ पर्ने भन्दै उनले वातावरणलाई अलि रमाइलो बनाउने प्रयास गरेकी थिइन्।

त्यसै क्रममा उनले भनिन्, ‘त्यो सोसल मिडियामा आएको घर फिनिसिङ सकिदिऊँ न।’ केही अघि मन्त्री झाँक्रीको घर भन्दै एउटा फोटो सार्वजनिक भएको थियो।

आफूलाई मायाको चिनो दिनेहरुसँग पनि उनी ठट्टा गरिरहेकी थिइन्। वातावरण केही सहज भएपछि बोल्ने पालो लिएकी उनी सम्बोधन गर्दैगर्दा फेरि भावुक भएकी थिइन्। उनले लामो सम्बोधन गर्न पनि सकिनन्।

उनी संलग्न नेकपा एकीकृत समाजवादीले भने केही दिनअघि नै मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो। बजेट अधिवेशन चलिरहेको बताउँदै मन्त्रीहरुले फिर्ता हुन मानेका थिएनन्।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पदबाट राजिनामा दिएका छन्। पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आलेले मन्त्रीका रुपमा आफूले ९० प्रतिशत सफलता हासिल गरेको बताएका छन्।

उनले मन्त्रालयमा २६३ दिन बिताएको पत्तो नभएको बताउँदै एक्सनमा विश्वास गरेको बताए। आलेले २०७८ असोज २२ गते मन्त्री पदको शपथ लिएका थिए।

उनले आफू प्रक्रियाभन्दा एक्सनमा विश्वास गर्दै हुर्किएको राजनीतिक कार्यकर्ता भएको बताए। ‘मलाई पत्रकार साथीहरुले आफ्नो कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर सोध्यो भने मेरो उत्तर हुनेछ–९० प्रतिशत’, उनले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज