साझा न्यूज । तौलिहवा
कपिलबस्तु खेलकुद विकास समितिको अध्यक्षमा राजेश कुमार उपाध्याय मनोनित हुनु भएको छ । उपाध्ययलाई शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशले अध्यक्षमा मनोनित गरेको हो ।
उपाध्यय नेपाली कांग्रेसका युवा नेता तथा तौलिहवा उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष समेत थिए । उनी कपिलवस्तुको तौलीहवा निवासि हुन । अध्यक्ष पदमा मनोनित भएपछि उपाध्यायले खेलकुदको क्षेत्रको बिकास गर्न निरन्तर लाग्ने बताए ।
साथै हरेक खेलका खेलाडीको मनोभावलाई बुझेर खेलका गतिविधि समेत बढाउने उनले बताए ।