Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बहुप्रतिक्षित चलचित्र प्रकाश टोकियोमा अगष्ट २७ मा प्रदर्शन हुने

Author Avatar साझा न्यूज 22nd July 2022 , 11:03 AM
बहुप्रतिक्षित चलचित्र प्रकाश टोकियोमा अगष्ट २७ मा प्रदर्शन हुने

टोकियो, जापान ।

प्रदर्शन अगाडिनै चलचित्रको लगानी सुरक्षित गरिसकेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘प्रकाश’ जापानमा अगष्ट २७ तारिख प्रदर्शन हुने भएको छ ।
नेपालमा भदौ १० गते रिलिज हुने चलचित्र जापानको राजधानी टोकियोको नाकानोमा रहेको नाकानो जेरो हलमा भदौ ११ अर्थात् अगष्ट २७ मा प्रदर्शन हुने भएको हो ।

चलचित्र प्रकाश जापान सहित अष्ट्रेलिया, न्युजिल्यान्ड, ईण्डिया, अमेरिका, क्यानडा, मध्यपूर्वका आधा दर्जन देशहरु सहित युरोपका विभिन्न देशमा प्रदर्शन हुने तय भइसकेको छ ।

चलचित्र प्रकाशको फर्ष्ट लुक, पोस्टर र टिजर राम्रो रेस्पोन्स पाइरहँदा बिदेशमा समेत चलचित्र प्रतिको आकर्षण बढेको छ ।

चलचित्रको अधिकाशं दृश्य नेपालको जुम्ला जिल्लामा छायांकन गरिनुका साथै नेपाली मौलिक कथामा चलचित्र निर्माण भएको चलचित्र निर्माण पक्षले जनाएको छ ।
चलचित्र प्रकाश नेपालसँगै आठ देशमा एकसाथ रिलिज हुन लागेको छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्काको मुख्य भूमिका रहेको छ । चलचित्रमा दीया मास्के, रेणु योगी प्रकाश घिमिरे लगायत कलाकारलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।

चलचित्र प्रकाश शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथामा समेटिएको छ । चलचित्रले मुख्य पात्रको माध्यमबाट बर्गिय विभेदको कुरालाई मौलिक रुपमा सजिव चित्रसहित उठाएको छ ।
चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् भने राजेश श्रेष्ठको छायाँकन रहेको छ । चलचित्रमा जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेस श्रेष्ठको पाश्र्व संगीत समेटिएको छ ।

यस बर्षकै सर्वाधिक चर्चामा रहेको चलचित्रमा पर्ने कथानक चलचित्र प्रकाश टोकियोमा प्रदर्शन हुनेभएपछि जापानवासीहरुले चलचित्र प्रति चासोपूर्ण प्रतिक्रियाहरु दिएको पाईन्छ ।
जापानमा चलचित्र प्रदर्शनको व्यवस्थापन गरिरहनुभएका खिमराज शाहका अनुसार टोकियोको नाकानोमा रहेको नाकानो जेरो हलमा अगष्ट २७ मा साँझ ६ बजे चलचित्र प्रदर्शन हुने छ । यसको लागि चलचित्रको टिकट बुकिगं खुल्ला गरिसकिएको छ ।
जसमा चलचित्रको सामान्य तर्फ ३,००० जापानी येन र विशेष भिआईपी तर्फको टिकट मूल्य १ मान जापानी येन तोकिएको छ ।

अग्रिम टिकट बुकिगं धमाधम भइरहेको जनाउँदै शाहले टिकट लिन चाहनुहुने व्यक्तिहरुले तस्विरमा देखिएको फोन नम्वरहरु मध्ये कुनै एकमा फोन गरेर टिकट लिन सकिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भर्खरै प्रकाशित

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज