नेकपा एमालेले महिलाहरूको ठुलो पर्व तीजको अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
काठमाडौँको एभरेस्ट होटेलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी भएका थिए ।
उनीहरूले महिला नेताहरूसँगै नाचगान गरेर रमाइलो गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा हार्मोनियम र गिटारसमेत बजाएका थिए । कार्यक्रममा एमालेका शीर्ष नेताहरू सहभागी भए ।