चन्द्रौटा,कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकाले गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । स्वास्थ्य संस्था(वर्थिङ सेन्टर) वाट भैरहवा,बुटवल र तौलिहवा रिफर भएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने नगरप्रमुख अजय थापाले बताउनुभयो ।
गर्भवती तथा सुत्केरी महिलाहरूलाई सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको थापाले बताउनुभयो । ‘वार्थिङ सेन्टरमा सुत्केरी रिफर भएमा नगरको एम्बुलेन्सले निःशुल्क सेवा दिने छ, थापाले भन्नुभयो, ‘स्वास्थ्य संवेदनशील विषय हो यसमा नगरपालिका उत्तरदायी छ, ।’
गर्भवती तथा सुत्केरी महिलाहरूको समस्या ध्यान दिँदै नगरले अन्य कार्यक्रमहरू पनि राखेको उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । गर्भवती महिलाहरूले विभिन्न समयमा वार्थिङ सेन्टर गई परामर्श लिनुपर्ने थारुले बताउनुभयो ।
शिवराज नगरपालिकामा अहिले ४ वटा एम्बुलेन्स छ । प्रदेश सरकार मार्फत एउटा,भारतीय दुतवास मार्फत एउटा र दुई वटा एम्बुलेन्स खरिद गरेको छ । शिवराज नगरपालिका १ शिवपुर वार्थिङ सेन्टर एउटा,चनइ वार्थिङ सेन्टरमा एउटा, शिवगढी वार्थिङ सेन्टरमा एउटा र आधारभूत अस्पताल चन्दौटामा एउटा एम्बुलेन्स राखिएको छ । वडावासी महिलाहरू गर्भवती तथा सुत्केरी अवस्था रिफर भएमा निःशुल्क सेवा दिने शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।
निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरी नगवासिको स्वास्थ्य क्षेत्रमा पालिका संवेदनशील बनेको स्थानीयहरूको भनाई छ । केही समय पहिला सम्म नगरमा एम्बुलेन्स नहुँदा धेरै समस्या थियो अहिले नगरले यसरी निःशुल्क सेवा दिने निर्णय गरेकोमा हामी खुसी छौ स्थानीय सङ्कर केसीले भन्नुभयो ।