यसअघि केन्द्रीय बैंकले सर्वसाधारणलाई भदौ २९ गते देखि नयाँ नोट वितरण गर्ने बताए पनि २६ भदौबाटै नयाँ नोट वितरण सुरु गरिएको बैंकले जनाएको छ । आइतबार नयाँ नोट साट्न केन्द्रीय बैंक बालुवाटारमा सर्वसाधारणको लाइन लागेको थियो ।
यसपालि एक व्यक्तिले ५ देखि १०० रुपैयाँ दरका एक एक प्याकका दरले १८ हजार ५ सय रुपैयाँसम्मको नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
गत वर्षको ७ अर्बको नयाँ नोट वितरण गरेको केन्द्रीय बैंकले यस वर्ष १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटहीका लागि तयारी अवस्थामा राखेको जनाएको छ ।केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाले भने असोज सुरुबाट नयाँ सर्वसाधारणका लागि नयाँ नोट साट्ने बताएका छन् ।