Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अझै जस्ताको टहरामा पठनपाठन

Author Avatar साझा न्यूज 12th September 2022 , 7:24 AM
अझै जस्ताको टहरामा पठनपाठन

चरीकोट, भदौ २७ गते । कक्षा ४ मा अध्ययनरत समीक्षा जिरेल बिहान ८ बजे नै विद्यालय जान तयार हुनुहुन्छ । उहाँलाई विद्यालय पुग्न करिब डेढ घण्टा लाग्छ । बर्खायाममा दिउँसो कक्षा चलिरहेको बेला पानी पर्दा शिक्षकले पढाएको विद्यार्थीले नसुनेपछि आजभोलि दिनहुँजसो पढाइ रोकिने गरेको छ ।

२०७२ को भूकम्पपछि पठनपाठनका लागि जस्ताको अस्थायी टहरो बनाइएको थियो । नयाँ भवनको आशामा रहेका जिरी माविका विद्यार्थी अझै तिनै टहरामा बसेर पढ्न बाध्य छन् ।

भूकम्पले २०१७ सालमा बनेको जिरी नगरपालिका–६ स्थित जिरी माध्यमिक विद्यालयको भवन भत्किएको सात वर्ष बितिसक्दा पनि नयाँ भवन नबन्दा पढाइमा बाधा पुगिरहेको छ । कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा ६६५ जना विद्यार्थी अध्ययनरत छन् ।

भूकम्पपछि विद्यालयमा अतिरिक्त क्रियाकलाप हुन छाडेको छ भने शौचालय पनि व्यवस्थित छैन । चीन सरकारले दुई वर्षअघि भवन निर्माण गर्ने सम्झौता गरे पनि हालसम्म भवन निर्माणका लागि जगसमेत खन्ने काम सुरु नभएको विद्यालयका प्रधानाध्यापक कुमार जिरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्झौताअनुसार हाम्रोतर्फबाट गर्ने विद्युत् जडान, खानेपानी योजना निर्माण र निर्माणस्थलमा बाँकी रहेका केही भवन हटाउने काम भइसकेको छ ।”

शिक्षा मन्त्रालयमार्फत भवन निर्माणका लागि पहल भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पानी पर्दा जस्ता बजेर दिनहुँ कक्षा अवरुद्ध हुन्छ । विद्यार्थीका लागि खेल मैदान छैन । बर्खायाममा  दिनहुुँ विद्यार्थी विद्यालय आइपुग्दा हिलाम्मे भएर आइपुग्छन् । भवनकै अभावमा विद्यार्थीका लागि शिक्षण सिकाइ क्रियाकलाप गर्न सकिएको छैन, उहाँले भन्नुभयो । जस्ताका टहरामा पठनपाठन गर्दा चिसो मौसममा विद्यार्थीलाई जस्ताको चिसो र गर्मीमा जस्ता तात्ने र हावाहुरी लागेर पठनपाठन प्रभावित हुँदै आएको उहाँले बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष कृष्णमाया बुढाथोकीले भन्नुभयो, “विद्यालयमा भवन निर्माण गर्न शिक्षा मन्त्रालयसँग निरन्तर पहल गरिरहेका छौँ । चिनियाँ पक्षले कोरोना महामारीको कारण देखाउँदै भवन निर्माण सुरु गर्न नसकेको बताउँदै आएको छ ।” पछिल्लो पटक सम्पर्क गर्दा एक महिनाभित्र निर्माण सुरु गर्ने आश्वासन दिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज