मोनिका श्रीवास्तव
कपिलवस्तु । वैदेशिक रोजगारीमा गएका एक युवकको दुवईमा मृत्यु भए पछि सिटिजन लाईफ ईन्सुरेन्स कम्पनीका तर्फबाट उनका परिवारलाई १३ लाख रुपैया विमा क्षतिपुर्ति वापतको रकम प्रदान गरिएको छ । सोमवार सिटिजन लाईफ ईन्सुरेन्स तौलिहवा शाखाबाट कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलको आतिथ्यतामा शाखा प्रमुख ओम प्रकाश पौडेलले मृतक अशोक शाहकी पत्नी हेमन्ता चन्द ठकुरीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
बैदेशिक रोजगारीमा जांदा विमा गरेका कारण उनको मृत्यु पश्चात् उनको परिवारलाई क्षतिपुर्ति वापतको रकम प्रदान गरिएको हो । आप्रावासी सुचना केन्द्रका परामर्शदाता सुभाष रेग्मीको पहलबाट सो रकम प्राप्त भएको पिडित परिवारले जनाएका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले हरेक वैदेशिक रोजगारीमा जाने तथा स्वदेशमै बसी काम गर्ने हरेक नागरिकले वीमा गर्नु पर्नेमा जोड दिए ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, शिक्षा शाखाका वि.नि. युवराज भुषाल, वीमा कम्पनीकी एजेन्सी म्यानेजर सीता गिरी लगायतको उपस्थिति रहेको थियो ।
















































