Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जबराले आरोप लगाएका व्यक्तिहरूसँग पनि बयान लिने तयारी


जबराले आरोप लगाएका व्यक्तिहरूसँग पनि बयान लिने तयारी

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा आरोप लगाएका व्यक्तिहरूसँग पनि प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयान लिने तयारी गरेको छ । समितिका सदस्य प्रमोद साहले जबराले बयानका क्रममा विभिन्न व्यक्तिलाई गम्भीर आरोप लगाएकाले पनि उनीहरूलाई पनि बोलाइने तयारी भइरहेको जानकारी दिएका छन् ।

बयानका क्रममा जबराले प्रधानमन्त्री शेरबहादुर देउवा, गठबन्धनका नेता तथा सांसद, सहकर्मी न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता, पूर्वप्रधानन्यायाधीश र पूर्व न्यायाधीशहरूमाथि गम्भीर आरोप लगाएका छन् । मंगलबार जबराको बयान शुरु हुनुअघि सञ्चारकर्मीसँगको कुराकानीमा सदस्य साहले भने, ‘जबराले नाम लिएका व्यक्तिहरूसँग पनि बयान लिने तयारी छ ।

कसैले कसैमाथि आरोप लाउँदा पुष्टि हुने कुरा होइन । त्यसैले आरोप लगाइएका व्यक्तिहरूका कुरा पनि सुनिनु पर्छ भन्ने हो ।’ जबराविरुद्ध उजुरी दिने व्यक्तिहरूलाई छलफलका लागि बोलाउने कि भन्ने विषयमा समितिको आन्तरिक बैठकमा चर्चा भएको थियो । समिति सदस्य साहले यही मसान्तभित्र प्रतिवेदन तयार गरी संसद्समक्ष पेस गर्ने तयारी भएको पनि बताएका छन् । साथै महाभियोग गम्भीर कुरा भएको उल्लेख गर्दै बयान र प्रमाणहरू मेल खाएको उनको भनाइ छ ।

जबरामाथि लागेका केही आरोप प्रमाणित भएको पनि साहले बताए । ‘महाभियोग भनेको त्यत्तिकै लाग्दैन, यो ठूलो आरोप हो । बयान र प्रमाणहरू मेल पनि खाएका छन् । यही महिनाभित्र प्रतिवेदन तयार गरेर पेस गर्ने तयारी हो । हामीले प्रतिवेदन तयार पार्ने हो । महाभियोग फेल हुन्छ वा पास हुन्छ । महाभियोग लाइसकेपछि के कुरा आयो भन्ने त प्रस्ट आउनुपर्‍यो नि । एमालेका साथीहरूले सोध्नुभएको प्रश्नहरूले पनि महाभियोग लाग्नुपर्छ भन्ने नै देखिन्छ । उहाँमाथि लगाइएका आरोपहरू धेरै प्रमाणित भएको पनि देखिन्छ,’ उनले भने ।

प्रतिनिधिसभाको कार्यकाल आगामी असोज १ मा सकिँदै छ । त्यसपछि समितिका सदस्यको पनि कार्यकाल सकिनेछ । बाँकी ५ दिनमा समितिले प्रतिवेदन तयार पारेर प्रतिनिधिसभाले महाभियोग प्रस्ताव टुंगो लगाउन कठिन छ । संविधानले प्रतिनिधिसभाको दुई तिहाइ बहुमतले पास गरेपछि मात्रै प्रधानन्यायाधीश जबरा पदमुक्त हुन्छन् । तर महाभियोग प्रस्ताव ल्याएको सत्ता गठबन्धनसँग दुई तिहाइ मत छैन । त्यसैले महाभियोग प्रस्ताव तत्काल टुंग्याउन सभामा पेस हुने सम्भावना कम छ ।

प्रतिनिधिसभाको कार्यकाल सकिएपछि प्रस्ताव निष्क्रिय भएर जबरा अदालत फर्कन पाउँछन् कि निलम्बन निरन्तर रहन्छ भन्नेबारे स्पष्ट कानुनी व्यवस्था छैन । यसबारे संविधानविद्हरूका धारणा विभाजित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

सांसद चौधरीको रिहाइको माग गर्दै लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

सांसद चौधरीको रिहाइको माग गर्दै लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

भर्खरै प्रकाशित

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

कांग्रेस कपिलवस्तुले टुंगांयो ४ गाउपालिका प्रमुख र उप प्रमुखको नाम

सिंहदरवारमा प्रतिपक्षी दलहरूको बैठक बस्दै

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि