Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

समन्वय समिती कपिलवस्तुको छैठौं वार्षिक समिक्षा


समन्वय समिती कपिलवस्तुको छैठौं वार्षिक समिक्षा

कपिलवस्तु। जिल्ला समन्वय समिती कपिलवस्तुले छैठौं वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्व अधिकारी भूमिराम पोखरेलले गत आर्थीक वर्ष ०७८/०७९ को आयव्यय र जिल्ला समन्वय समितीबाट सम्पादित कार्यहरुको बिवरण प्रस्तुत गरेका थिए ।

स्थानिय तह संस्थागत क्षमता सो मूल्यांकन अन्तरर्गत कपिलवस्तु जिल्लाका पालिकाहरुको आव ०७७/०७८ अवधीको सो मुल्यांकन सम्पन्न भइसकेको बताए । यसैगरी पालिकाहरुको आव ०७७/०७८ अवधिको बित्तिय जोखिम मुल्यांकन लुम्बिनी प्रदेशको पाल्पा र कपिलवस्तु जिल्लामा मात्र सम्पन्न भएको छ । कपिलवस्तु जिल्लाका पालिकाहरु मध्ये बाणगंगा नगरपालिकाले सबै भन्दा बढी ८२.५ अंक प्राप्त गरेको समन्वय अधिकारी पोखरेलले बताए ।

कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधी सभा सदस्य बृजेज कुमार गुप्ताले अनुसासनको पालना गर्नुपर्ने बताए । अनुशासनले नै देश बनाउन सकिने उल्लेख गर्दै उनले सरोकारवालाहरुलाई ध्यानाकर्षण गराए । कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका पूर्व मन्त्री गुप्ताले जिल्लाको मूल समस्या छाडा पशुचौपाया भएको बताउँदै स्थानिय तहले छाडा चौपायाहरुलाई ट्याग लगायर भएपनि व्यवस्थापन गर्न आग्रह गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशकी राज्यमन्त्री रिना नेपालले जिल्ला समन्वय समितीले जिल्लाका स्थानियतहहरुमा अनुगमन गरी समस्याहरुलाई समाधान गर्नुपर्ने बताइन । मन्त्री नेपालले सरकारले गरेको करोडौँ लगानीलाई पारदर्शी रुपमा सम्पादन गर्न आग्रह गरिन । भौतिक निर्माणको मात्र बिकास नभएर सामाज परिवर्तनको बिकासको क्षेत्रमा ध्यान दिन स्थानियतहका प्रमुखहरुलाई आग्रह गर्दै बाणगंगा नगरपालिकाले गरेको कामको सिको अन्य पालिकाहरुले पनि गर्नुपर्ने बताइन ।

कार्यक्रममा प्रदेश सभा सदस्य धर्म बहादुरलाल श्रीवास्तवले संघिय सरकारले निती नियम बलियो नबनाई दिंदा कार्य सम्पादनमा समस्या भएको बताए । प्रदेश सांसद माला गोतामेले बाणगंगा नगरपालिकाले बुद्धको बिषयमा पाठ्यक्रम समावेस गरेकोमा बधाई दिंदै अन्य पालिकाहरुले पनि सोही अनुसार नयाँ कार्यहरुको थालनी आग्रह गरिन ।
जिल्ला समन्वय समितीका निवर्तमान प्रमुख नारायणप्रसाद खनालले स्थानियतहमा जनताले चाहे अनुसारको काम नभएको बताए । उनले पाँच वर्ष बितिसक्दा समेत छाडाचौपायाको व्यवस्थापन गर्न नसक्नु दुःखको कुरा भएको बताए । शिक्षातर्फ लुम्बिनी प्रदेशमा कपिलवस्तुलाई साक्षरता जिल्ला घोषणा गर्न नसक्नु दुःखको बिषय भएको बताए ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले निती योजना अनुसार कार्यक्रमहरु संचालन गरे कुनैपनि काममा अलमल नहुने बताए । नगरपालिकाले चुस्तदुरुस्त गतीमा काम गर्दै आएकोसमेत मेयर अर्यालले बताए ।
कार्यक्रममा दश स्थानियतहबाट गत आवको आयव्यय तथा कार्यप्रगती र आगामी योजनाहरु प्रस्तुत गरिएको थियो । डिभिजन वन कार्यालय, गौतमबुद्धका डिभिजनल वन अधिकृत दधिलाल कंडेल, डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवाका सहायक वन अधिकृत मोहन स्याण्डिल्य, खानेपानी सव डिभिजन कार्यालय कपिलवस्तुका प्रमुखले प्रस्तुत गरेका थिए ।

यस्तै बाणगंगा नगरपालिका योजना शाखा प्रमुख शान्ताराज आचार्य, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरी, कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकाल, शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डे, बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउत, बिजयनगर गाउँपालिका योजना प्रमुख, मायादेवी गाउँपालिकाका प्रकाश गौतमले प्रस्तुत गरेका थिए ।

शुद्धोधन गाउँपालिकाका सन्तोष श्रीवास्तव, यशोधरा गाउँपालिकाका प्रमुख तेज बहादुर सिंह, धान जोन कपिलवस्तु, कृषि ज्ञान केन्द्र कपिलवस्तु, घरेलु तथा साना उद्योग कार्यालय, सडक डिभिजन कार्यालय शिवपुर, सडक पुर्वाधार कार्यालय कपिलवस्तु, पशुसेवा बिज्ञ केन्द्र , सिंचाई डिभिजन कार्यालय, बाणगंगा सिंचाई डिभिजन कार्यालय तौलिहवा लगायतका कार्यालयले सम्पादन भएका कार्य प्रगती आगामी कार्ययोजनाको बारेमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य, दश स्थानियतहका प्रमुख उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शसस्त्र प्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु, गैसस महासंघ, सरोकारवाला लगायतको सहभागिता रहेको थियो । कार्यक्रम समन्वय समितीका उपप्रमुख रमेश कुर्मीको स्वागत तथा कार्यालयका खरिदार सुरेन्द्र बेल्वासेको संचालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

व्याडमिन्टन बेसिक प्रशिक्षण तालिम सम्पन्न

व्याडमिन्टन बेसिक प्रशिक्षण तालिम सम्पन्न

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

भर्खरै प्रकाशित

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि