Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक चीन नीतिप्रति आभार व्यक्त


एक चीन नीतिप्रति आभार व्यक्त

काठमाडौँ, भदौ ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको मैत्रीपूर्ण भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले बुधबार शिष्टाचार भेट गर्नुभएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी तथा एकअर्काका शुभचिन्तक मुलुक रहेको धारणा व्यक्त गर्दै द्विपक्षीय र बहुपक्षीय सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले यसप्रकारका उच्चस्तरीय भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्ध अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिनुभयो।

राष्ट्रपतिले २०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्प तथा विभिन्न प्राकृतिक प्रकोप र महामारीका समयमा निःस्वार्थ रूपमा चीन सरकारले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा अध्यक्ष लीले दुई देशबीचका व्यापारिक नाका खुला गर्नेबारे तयारी भइरहेको जानकारी गराउनुभयो। उहाँले आफू नेपाल भ्रमणमा आउनुपूर्व नेपाल–चीनबीचका व्यापारिक नाका खुलाउनेबारे चीनका सरोकारवाला निकायसँग छलफल गरेको जानकारी दिनुभयो। अध्यक्ष लीले दुई देशबीचको व्यापार अभिवृद्धि तथा प्रवद्र्धनका लागि बन्द रहेका व्यापारिक नाका यथासक्य छिटो चालू गर्ने गरी चीनको तर्फबाट गृहकार्य भइरहेको बताउनुभयो। सो अवसरमा अध्यक्ष लीले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का महासचिव तथा राष्ट्रपति सी चिनफिङका तर्फबाट राष्ट्रपति भण्डारीलाई शुभकामना व्यक्त गर्नुभयो।

अध्यक्ष ली चान्सुले विश्वमा विभिन्न प्रकारबाट राजनीतिक ध्रुवीकरण भइरहेको धारणा व्यक्त गर्दै नेपालले व्यक्त गरेको एक चीन नीतिप्रतिको प्रतिबद्धता अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभयो। उक्त प्रतिबद्धताप्रति उहाँले नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले नेपाल भ्रमणको उद्देश्य द्विपक्षीय सहमति र सम्झौता कार्यान्वयन गर्ने रहेको उल्लेख गर्दै सन् २०१९ अक्टोबरमा चीनका राष्ट्रपति सी चिनफिङले गर्नुभएको नेपालको औपचारिक भ्रमण ऐतिहासिक र अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभयो। त्यस भ्रमणका बेला भएका महत्त्वपूर्ण सम्झौता कार्यान्वयन गर्न आफ्नो नेपाल भ्रमण र उच्चस्तरीय भेटवार्ता महत्त्वपूर्ण हुने धारणा अध्यक्ष लीले व्यक्त गर्नुभयो। साथै उहाँले पछिल्लो भ्रमण र भेटवार्ताले दुई देशबीच राजनीतिक तथा पारस्परिक विश्वास सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले राष्ट्रपति भण्डारी नेपालको राजनीतिक आन्दोलन र महिला सशक्तीकरणको उदाहरणीय व्यक्तित्व रहेको चर्चा गर्दै नेपाल–चीन सम्बन्धलाई नेपालका राष्ट्रपतिले महत्त्व दिँदै आएकोमा आभार व्यक्त गर्नुभयो। उहाँले राष्ट्रपति भण्डारीको अनुभव चीनका महिलाका लागि समेत अनुकरणीय हुने धारणा व्यक्त गर्नुभयो। अध्यक्ष ली चान्सुले बुधबार भक्तपुर दरबार क्षेत्रको अवलोकन पनि गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

बालविवाहविरुद्ध धामीझाँक्री

बालविवाहविरुद्ध धामीझाँक्री

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

गरगहना सफा गर्ने भन्दै ठगी गर्ने तीन जना पक्राउ

गरगहना सफा गर्ने भन्दै ठगी गर्ने तीन जना पक्राउ

भर्खरै प्रकाशित

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

बालविवाहविरुद्ध धामीझाँक्री

बालविवाहविरुद्ध धामीझाँक्री

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि