Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दशैँकाे टीका साइत बिहान ११ बजेर ५१ मिनेटमा


दशैँकाे टीका साइत बिहान ११ बजेर ५१ मिनेटमा

काठमाण्डाै – यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ बजेर १९ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

त्यस दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१ मिनेटकाे साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।

नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ । दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेसा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद् ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।

असोज १० गते बिहान १० बजेर २३ मिनेटमा घटस्थापनाको शुभ साइत 

यस वर्ष असोज १० गते सोमवारदेखि नवरात्रा आरम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १० बजेर २३ मिनेटकाे साइत शुभ रहेको छ । असोज ११ गते झण्डा फेर्ने साइत ११ बजेर ११ मिनेटमा उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने पनि उहाँले सुनाउनुभयो ।

असोज १४ गते शुक्रवार पचलीभैरव यात्रा हुने भएको छ । असोज १६ गते आइतवार फूलपाती पर्व परेको छ । यसै दिन बिहान १० बजेर ५ मिनेटमा तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ बजेर ३५ मिनेटमा रहेकाे छ ।

असोज १७ गते सोमवार महाअष्टमी पर्व परेको छ । राति भने कालरात्रि पर्व मनाइन्छ । असोज १८ गते मङ्गलवार महानवमी पर्व परेको छ । असोज १९ गते बुधवार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो । यस दिन बिहान ७ बजेर ३५ मिनेटमा तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ बजेर ४७ मिनेटमा रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ ।

असोज २२ गते शनिवार सबै बलिपूर्ति गर्नुपर्ने छ । असोज २३ गते आइतवार कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ ।

बडा दशैँका अवसरमा बजार पसलमा पनि भिड हुने गर्छ । राम्रो लगाउने र मिठो खाने पर्वका रूपमा पनि यसलाई उल्लासमय वातावरणमा मनाइन्छ । दशैँ नजिकिएसँगै बजारमा भिड बढ्न थालेको छ । दशैँमा सहुलियत मूल्यमा खाद्य पदार्थ बिक्री वितरणका लागि सरकारले सुपथ मूल्य पसल पनि सञ्चालन गर्दै आएको छ ।

दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन् । दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ । बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन् । यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ । शक्तिपीठमा पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

यस्तो छ नेपालको जनसांख्यिक चित्र

यस्तो छ नेपालको जनसांख्यिक चित्र

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

जनगणनाको परिणाम आज

जनगणनाको परिणाम आज

भर्खरै प्रकाशित

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

यस्तो छ नेपालको जनसांख्यिक चित्र

यस्तो छ नेपालको जनसांख्यिक चित्र

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि