Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

देशका पश्चिमी क्षेत्रमा ठूलो वर्षा : कर्णाली तथा महाकाली नदीमा जलसतह बढ्यो

Author Avatar साझा न्यूज 17th September 2022 , 7:43 AM
देशका पश्चिमी क्षेत्रमा ठूलो वर्षा : कर्णाली तथा महाकाली नदीमा जलसतह बढ्यो

फाइल फाेटाे

काठमाण्डाै – देशका पश्चिमी क्षेत्रमा ठूलो पानी परेको छ । बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, सुर्खेत आसपास भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ।

कैलालीको कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बर्दिया र कैलालीको कर्णाली नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ । त्यस्तै डडेलधुराको महाकाली नदी पारिगाउँ केन्द्रमा पनि जलसतह बढ्दो क्रममा छ । रङ्घुन जलाधारमा अति भारी वर्षा भइ सतह थप बढ्नसक्ने अनुमान छ।

पश्चिमी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना छ । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित वाग्मती, प्रदेश एक, मधेस प्रदेशमा पनि थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा दिउँसोपख भारी वर्षाको सम्भावना छ।

बाढी पूर्वानुमान महाशाखाले आज दिउँसोसम्म नै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । निरन्तरको वर्षाले बाढी/पहिरोको जोखिम पनि बढेको भन्दै मौसमविद्ले जोखिम क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेका छन् । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थानभन्दा उत्तरमा छ । साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले निरन्तरको वर्षाले दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने जनाएको छ । ट्राफिक प्रहरीका अनुसार देशका विभिन्न ठाउँमा पानी परेको भए पनि अहिलेसम्म मुख्य राजमार्गमा गाडीको आवागमन रोकिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

भर्खरै प्रकाशित

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज