Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘वास्तविक कृषक सरकारी अनुदानबाट बञ्चित’

कृषि ज्ञान केन्द्रको ६ करोड बढी रकम फ्रिज

Author Avatar साझा न्यूज 19th September 2022 , 10:33 AM
‘वास्तविक कृषक सरकारी अनुदानबाट बञ्चित’

कपिलवस्तुका वास्तविक कृषक सरकारी अनुदानबाट बञ्चित रहदै आएको गुनासो गरिएको छ।  कृषि ज्ञान केन्द्रले तौलिहवामा राखेको चालु आर्थिक वर्ष २०७९/०८० मा संचालन हुने कार्यक्रमहरुको सार्वजनिकीरण तथा गत वर्षको समिक्षा कार्यक्रममा सुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशरण शरण चौधरीले सो गुनासो राखेको हुन्।

उनले पहुँचका भरमा नाम मात्रका कृषकहरुले बारम्बार बिभिन्न निकायबाट अनुदान पाउने गरेको बताए। गत वैशाख ३१ अध्यक्ष निर्वाचित हुनुअघि पालिकामा आफूले अगुवा कृषकको काम गर्दै आएको उनले बताए। उनले  एक वर्षअघि माछा पालनकालागि लुम्बिनी प्रदेश सरकारबाट ५० प्रतिशत लागत सहभागीतामा १२ लाखको माछाको नर्सरी खोल्न अनुदानकालागि धेरै प्रयास गरे पनि बिफल भएको बताए।

सुद्धोदन गाउँपालिकामा आफ्नो सय हेक्टर बढी क्षेत्रको माछा पोखरी रहेको र त्यहा अनुदानकालागि प्रदेशको कृषि मन्त्रालयबाट टिम आएका उनले बताए। उनीहरु कै सुझाव अनुसार बिभिन्न कागजा र प्रकृया पुरा गरी आवेदन दिए पनि कुनै अनुदान पाउन नसकेको उनले बताए। ‘मन्त्रालयमा यस बारेमा बुझ्न जाँदा पेश गरको अनुदानको फाईल त दराजमा थन्किएको अवस्थामा भेटाए’ उनले दुःखी हुँदै भने ‘ त्यसपछि मैले अनुदानकालागि कुनै फारम नै भर्न मन लागेन।’ उनले आफू जस्ता अगुवा कृषको त अनुदानकालागि यस्तो हविगत हुन्छ भने पहुच नभएका गाउँ बस्तीका वास्ताविका कृषकका अनुदानमा के हाल भएको होला भन्ने उनले प्रश्न तेर्साए। उनले तीन तहका सरकार कृषि ज्ञान केन्द्रले वास्तविका कृषकलाई अनुदान दिनु पर्ने बताए।

सो अवसरमा पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश सदस्य धरम बहादुरलाल श्रीवास्तवले पहुँचवाला भन्दा वास्तविक कृषकले अनुदान पाउनु पर्ने बताए। उनले पालिका वडा, कृषि ज्ञान केन्द्र प्रदेश र संघले एक आपसमा समन्वय गरी कार्यक्रम अघि लानु पर्ने बताए। ‘दोहारोपन हटाउन सबै निकायबीच एक आपसमा समन्वय हुनु पर्छ,’ उनले भने। सो अवसरमा कृषि ज्ञान केन्द्रका प्रमुख रबिन्द्र चाबैले गत वर्ष अन्तिममा बजेट आएको र बिबिध कारणले गत वर्ष आधा जति बजेट फ्रिज भएको बताए। गत आर्थिक वर्ष ४१ लाख ४३ हजार बिनियोजित भएकोमा ६ करोड २९ लाख २३ हजार रुपैया मात्र खर्च हुन सकेको बताए।

गत वर्ष ६ करोड बढी रकम फ्रिज भएको थियो। चालु आर्थिक बर्ष ६ करोड ९३ लाख १८  हजार रकम बिनियोपजत भएको छ। प्रमुख चौबेले चालु आर्थिक वर्ष आधा बजेट घटेर आएकोले समस्या भएको बताए। उनले गत वर्ष र चालु आर्थिक बर्षको कार्यक्रम र बजेट बारे प्रस्तुत गरेका थिए। सो अवसरमा पुर्व मन्त्री तथा निबर्तमान सांसद बृजेश कुमार गुप्ताले गत वर्ष १३ करोड बिनियोजित भए पनि आधा बढी रकम फ्रिज हुनु दुःखदायी कुरा भएको बताए। ‘बजेट पनि आधा घटेर ६ करोड भएको छ आधा रकम खर्च गर्न नसक्नु र्दुभाग्यपुर्ण कुरा हाे,’ उनले भने। दोहारोपन हटाउन पालिका र अन्य निकायसंग समन्वय गर्न जरुरी रहेको उनले बताए। उनले कृषिमा वर्षाैंदेखि करोडौं रुपैयाँ गरिएको लगानीका उपलब्धी के हो त्यसको निरक्र्यौल हुन जरुरी रहेको उनले बताए। स्मार्ट कृषि कार्यक्रममा समेत अहिलेसम्म खासै उपलब्धी नदेखिएको उनले बताए।

सो अवसरमा बुद्धुभुमी नगरपालिका मेयर केशव कुमार श्रेष्ठले ज्ञान केन्द्रले पालिकाहरुसंग कुनै समन्वय नगर्दा यस्तो अवस्था आएको बताए। उनले आगामी दिनमा ज्ञान केन्द्रले पालिकाहरुसंग समन्वय र सहकार्य नर्ग आग्रह गरे। सो अवसरमा बुद्धुभुमी नगरपालिका कृषि शाखाका प्रमुख देबीराम बेल्बासेले अनुदान लिने कृषकलाई झन्झटीलो प्रकृयाले गाहूो परेको बताए। उनले अनुदानका लागि सहज प्रकृया र वास्तविक कृषकको हातमा अनुदान पुग्ने गरी कार्यक्रम अघि बढाउनु पर्ने बताए। यस्तै बैकहरुबाट कृषकहरुलाई रिन प्रवाह सहजता ल्याउनु पर्ने बताए।

ज्ञान केन्द्रका प्रमुख चौबेका अध्यक्षता र कृषि अर्थ बिज्ञ शिवपुजन गुप्ताको संचालनमा भएको कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्र अर्याल, जिल्ला समन्वय समितिका उप प्रमुख रमेश कुर्माी, यशोधरा गाउपालिका अध्यक्ष शिवदयाल तिवारी प्रजिअ धर्मेन्द्र कुमार मिश्र लगायतको सहभागीता थियो।  जिल्लाका ८२ प्रतिशत जनता कृषिमा आधारित रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज