Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

१५ हजारले लिए अग्रिम टिकट


१५ हजारले लिए अग्रिम टिकट

sf7df8f}F,! c;f]h M ;fj{hlgs ;jf/Lsf] clu|d l6s6 a'lsª v'Nof] sf7df8f}Fsf] u+ua' gofF a;kfs{sf] l6s6 sfp06/ cufl8 zlgaf/ l6s6 lng a;]sf ofq' . bz}Fsf nflu cfhb]lv b]ze/ ljleGg :yfgdf hfg ;fj{hlgs oftfoftsf] ofq'nfO{ clu|d l6s6 a'lsª v'n]sf] 5 . tl:a/ M xl//fd e]6'jfn÷/f;;

दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।

यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २२ गतेको निर्णयअनुसार यही असोज १ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएको जानकारी दिए । जसमध्ये असोज १ गते शनिबार सात हजार र असोज २ गते आइतबार आठ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।

सरकारले पश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्युठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर धरान विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो ।

पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारी साधनको पनि अग्रिम टिकट बुकिङ चाँडो खुला गरिने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका काठमाडौँ प्रमुख रमेश खत्रीले जानकारी दिनुभयो । लामो दूरीमा जाने यात्रुका लागि टिकट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म वितरण गर्ने गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दसैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताए । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । महाशाखाले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिनेछ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

टेलिभिजनलाई समयानुकुल बनाउनुपर्छ : अध्यक्ष ओली

टेलिभिजनलाई समयानुकुल बनाउनुपर्छ : अध्यक्ष ओली

सप्तरीमा साइकलबाट लडेर एक वृद्धको मृत्युु

सप्तरीमा साइकलबाट लडेर एक वृद्धको मृत्युु

मिटरब्याज पीडितको माग सम्बोधन गर्न स्थानीय प्रशासनले समन्वयन नगरेको संसदको आरोप

मिटरब्याज पीडितको माग सम्बोधन गर्न स्थानीय प्रशासनले समन्वयन नगरेको संसदको आरोप

नदीमा अडकिएको शवको पहिचान

नदीमा अडकिएको शवको पहिचान

घट्दै छ कालीकोटमा बालबिवाह

घट्दै छ कालीकोटमा बालबिवाह

फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सुरु

फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सुरु

भर्खरै प्रकाशित

टेलिभिजनलाई समयानुकुल बनाउनुपर्छ : अध्यक्ष ओली

टेलिभिजनलाई समयानुकुल बनाउनुपर्छ : अध्यक्ष ओली

सप्तरीमा साइकलबाट लडेर एक वृद्धको मृत्युु

सप्तरीमा साइकलबाट लडेर एक वृद्धको मृत्युु

अवैध आयुर्वेदका उपचार केन्द्र बन्द गर्न माग

अवैध आयुर्वेदका उपचार केन्द्र बन्द गर्न माग

मिटरब्याज पीडितको माग सम्बोधन गर्न स्थानीय प्रशासनले समन्वयन नगरेको संसदको आरोप

मिटरब्याज पीडितको माग सम्बोधन गर्न स्थानीय प्रशासनले समन्वयन नगरेको संसदको आरोप

सबै तहका सरकारसँग दोहोरो समन्वय आवश्यक: मन्त्री मोदी

सबै तहका सरकारसँग दोहोरो समन्वय आवश्यक: मन्त्री मोदी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि