Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्थामा कडाइ

Author Avatar साझा न्यूज 20th September 2022 , 12:37 PM
जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्थामा कडाइ

आइतबार बिहान सर्वोच्च अदालत परिसरमा एक्कासी कानुन व्यवसायी जम्मा भए । वकिलहरू व्यापक भेला भएपछि सुरक्षाकर्मी पनि बढाइयो । अघिल्लो दिन राति प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत फर्कने तयारीमा रहेको भन्दै रजिस्ट्रारलाई फोन गरेपछि सोमबार बिहानैदेखि अदालत परिसरमा तनावको स्थिति उत्पन्न भयो ।

नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार इकाइले जबरा सर्वोच्च आए भित्र पस्न अवरोध गर्ने चेतावनी दिए । बारले त यसअघि नै जबरालाई सर्वोच्चमा अवरोध गर्ने निर्णय नै गरिसकेको छ । जबराले आफू ११ बजे सर्वोच्च आउने डेडलाइन नै मिडियालाई बताएपछि सुरक्षा व्यवस्था कडा बनाइयो ।

प्रतिनिधिसभाको कार्यकाल सकिएलगत्तै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय भएको र आफूले सफाइ पाएको उनको जिकिर थियो । तर पाँचदलीय गठबन्धनले भने जबरामाथि लागेको महाअभियोग नयाँ संसद्लाई कार्यभार दिने सिफारिस गरेपछि उनले संसद्बाट निलम्बन फुकुवा पाउन सकेका छैनन् । त्यसैले सरकारले जबरा निवासमा सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

जबराले आफू निवासमै नजरबन्दमा रहेको बताएपछि राजनीतिमा फेरि सनसनी फैलियो । उनको विषयमा नेपाली समाज नै दुई भागमा विभाजन भयो । तर, त्यस दिन जबरा सर्वोच्च फर्केनन् । सोमबार संविधान दिवस भएकाले सार्वजनिक बिदा थियो । तर, मंगलबार कार्यालय समय खुलेसँगै जबरा फेरि सर्वोच्च फर्कने चर्चा सुरु भएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको हो । वीर गोर्खाली अभियान, एमाले निकट अनेरास्ववियु र १०० ग्रुपमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन कडा पारिएको बुझिएको छ । सरकारले जबरालाई दिएको सुरक्षाकर्मी भने सबै फिर्ता बोलाइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

भर्खरै प्रकाशित

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज