Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुका भगौती यादव नवौं पटक म्यादी प्रहरी बन्ने प्रयासमा

Author Avatar साझा न्यूज 22nd September 2022 , 1:42 PM
कपिलवस्तुका भगौती यादव नवौं पटक म्यादी प्रहरी बन्ने प्रयासमा

कपिलवस्तु नगरपालिका–३, बरन्डीहवा गाउँका ५१ वर्षीय भगौती (राका) यादव २०४८ साल यता ८ पटक म्यादी प्रहरी भइसकेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उनी फेरि म्यादी प्रहरीको भूमिकामा देखिने तरखरमा छन् । यसका लागि उनले आवेदनसमेत दिइसकेका छन् । ५ छोराछोरीका पिता यादवले कपिलवस्तुमा असोज ३० गते म्यादी प्रहरीका लागि आवेदन दिएका हुन् । उनको दर्ता नम्बर १ हजार २५ रहेको छ ।

उनले भने, ‘नवौं पटक म्यादीमा सेवा गर्न मन लागेर आवेदन दिएको छु । सुरुमा प्रहरीमा भर्ना भएर काम गरिएन तर म्यादी भएर सोख पूरा गरौँ भन्ने लाग्छ ।’ सरकारले निर्वाचनमा म्यादी प्रहरीको भर्ना खोल्नासाथ यादवको मन उत्साहित हुन्छ । यादवले गत स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीका रुपमा काम गरेका थिए । अहिले फेरि म्यादी प्रहरीमा भर्ना खुलेपछि आफू उत्साहित भएको उनले बताए ।

कपिलवस्तुमा ४ बिगाहा खेत र पक्की घर भएका यादवले आफू पैसाका लागिभन्दा पनि सेवाका लागि म्यादी प्रहरीमा भर्ना हुने गरेको सुनाए । उनका माइला छोरा मुरारीले पनि अहिले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका छन् ।

भगौती यादवले बाबुछोरा एकसाथ फिल्डमा खटिने इच्छा रहेको बताए । उनले भने, ‘तर हेरौँ के हुन्छ, पहिला त नाम निस्किन्छ कि निस्किँदैन भन्ने नै मुख्य कुरा हो, अनि सँगै फिल्डमा जाने अवसर मिल्छ कि मिल्दैन, त्यो हेर्न बाँकी छ ।’

प्रहरीमा नाम निकालेर पनि ‘ब्याक’ भएका थिए भगौती

भगौती यादवले प्रहरी मै जागिर खान खोजेका थिए । २०४८ सालमा म्यादी प्रहरी भएपछि उनलाई प्रहरीमा जाने रहर जाग्यो । उनले २०५० सालमा प्रहरी जवानमा नाम निकाले । तर घरपरिवारले एक्लो छोरा भएकाले प्रहरीमा जानबाट रोक्यो ।

बुबाकै कारण आफूले प्रहरीमा जागिर खान नपाएको सम्झदै उनले भने, ‘तर म्यादी प्रहरीमै भए पनि पुलिस हुने रहर पूरा गरेको छु ।’ २०४७ सालमा एसएलसी दिएका उनले गणित विषयमा फेल भएपछि परीक्षा दिएनन् । अनि पढाइमा ब्रेक लागेपछि उनी खेती किसानी गरेर जीवन निर्वाह गर्न थाले ।

बेलाबेला म्यादी प्रहरीका लागि आवेदन माग हुँदा भने उनलाई छुटै उत्साह थपिदिन्छ । उनले २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनका काम गरेकोलाई प्राथमिकता दिने भनेपछि आफूलाई खुसी लागेको सुनाए ।

१८ वर्ष देखि ५४ वर्ष सम्मका उमेरका सामान्य लेखपढ गर्न जान्नेका लागि प्रहरी प्रधान कार्यालयले ४० दिने अवधिका लागि म्यादी प्रहरीको आवेदन खुलाएको छ । उमेर हदका कारण भगौतीका लागि म्यादी प्रहरीमा भर्ना हुने यो अन्तिम अवसर रहने छ ।

छोरा पनि म्यादीमा

भगौतीका तीन छोरामध्ये दुई भाइ प्रहरीमै भर्ना भएका छन् । माइला छोरा मुरारीले यस पटक म्यादीमा आवेदन दिएका छन् । त्यसो त उनले २०७४ सालमा पनि म्यादी प्रहरीमा भर्ना भएर कपिलवस्तुको जिल्लाको कुसहवामा खटिएका थिए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा दौड राम्रो नभएपछि उनी छनोट हुन सकेनन् ।

उनका दाजु गोविन्द प्रसाद यादव काठमाडौंमा ट्राफिकतर्फ खटिएका छन् । यस्तै भाइ पुजारी पनि प्रहरी जवानमा पास भई अहिले भिड नियन्त्रण तालिम लिइरहेका छन् ।

मुरारीले बुबाको प्रेरणाले नै आफू म्यादी प्रहरीमा भर्ना हुन चाहेको  बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले अहिलेसम्म ४१ सयले आवेदन दिएको  बताए । असोज ६ गतेसम्म आवेदन दिन सकिने भन्दै उनले यो संख्या बढ्ने जानकारी दिए ।

कपिलवस्तुमा जिल्लामा कति म्यादी प्रहरी राख्ने भन्नेबारे अहिलेसम्म कोटा तोकिएको छैन । गत स्थानीय तह निर्वाचनमा जिल्लामा १९ सय कोटा दिइएको थियो । म्यादी प्रहरीले प्रति दिन ८६९ रुपैयाँका दरले एकमुस्ट ४० दिनको ३४ हजार ७६०, खाद्यान्न बापत एकमुस्ट ७ हजार २ सय रकम पाउने छन् ।

यस्तै पोसाक र अन्य सामाग्री खरिद गर्न ६ हजार रुपैयाँ तथा निर्वाचनका दिन खटिन यातायात एक हजार र ४ दिनको दैनिक ३ सयका दरले १२ सय रुपैयाँ खाजा खर्च पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज