Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस मनाइयो

Author Avatar साझा न्यूज 24th September 2022 , 7:55 AM
कपिलबस्तुमा अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस मनाइयो

कपिलबस्तु, असोज ८ गते । ‘साङ्केतिक भाषाले हामीलाई एकताबद्ध गर्छ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस कपिलबस्तुमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । सन् १९५८ सेप्टेम्बर २३ तारिखमा इटालीको रोममा बहिरा व्यक्तिहरू पहिलो पटक भेला भएको सम्झना स्वरूप यो दिवस मनाउँदै आइएको छ । संयुक्त राष्ट्र संघको महासभाले ४ वर्षअगाडि साङ्केतिक भाषालाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मान्यता दिएपछि यो दिवसलाई नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइने गरेको छ ।
कपिलबस्तु बहिरा संघले सबै स्थानीय तहमा साङ्केतिक भाषा सम्बन्धि दोभाषेको व्यवस्था गर्नुपर्ने माग गरेको छ । संघका अध्यक्ष रिन्कु गुप्ताले हरेक सार्वजनिक कार्यालयमा दोभाषेको व्यवस्था गर्नुपर्ने र त्यसका लागि दोभाषे उत्पादन गर्न तालिम केन्द्रको स्थापना गर्नुपर्ने तथा बहिरा नागरिकको सीप, क्षमता र आवश्यकताका आधारमा रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । बहिरा व्यक्तिहरूको क्षेत्रमा काम गर्ने संघसंस्थाको सङ्ख्या धेरै कम भएको कारणले गर्दा पनि बहिरा व्यक्तिहरू पछि परेको बताउँछन् ।

कार्यक्रममा कपिलबस्तु नगरपालिकाका समाजिक विकास अधिकृत पदमराज श्रेष्ठले नगरभित्र रहेको सबै बहिरालाई एकबद्ध गरेर लैजानु पर्ने बताउनुभयो । बहिराहरुको खोजी गरी साङ्केतिक भाषाको तालिम दिएर बुझ्ने बनायो भने मात्रै उहाँहरु आफ्नो अधिकार पाएको महसुश हुने श्रेष्ठले बताउनुभयो । साङ्केतको अधारमा भाषा बुझ्नाको लागि नगरपालिकाले विगत देखि नै बजेटको व्यवस्था गर्दै आएको उहाँले बताउनुभयो ।

दिवसको अवसरमा बहिरा भएको व्यक्तीको पेट दुःख्यो भने आफ्नो समस्या कसरी बताउने सम्बन्धि नाटक, रैली, राष्ट्रिय गान लगायतको कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कपिलबस्तु बहिरा संघका कोषाध्यक्ष ज्ञान प्रसाद सुवेदी, साङ्केतिक भाषाकी दोभाषे यशोदा थापा, बहिरा भइका व्यक्ती, प्रहरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम कपिलबस्तु नगरपालिकाको सहयोग र कपिलबस्तु बहिरा संघको आयोजनामा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज