Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट वत्ति जडान


कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट वत्ति जडान

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौँको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप/आइल्यान्डमा वत्ति जडान गरी सञ्चालनमा ल्याइएको हो ।

आइल्याण्डमा राखिएका पोलहरुमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट वत्ति जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडक खण्ड झिलिमिली बनेको हो । कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने करिब ४ सय ५० वटा वत्ति जडान गरिएको हो । यसबाट सडकको रात्रिकालीन सौन्दर्यता देख्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार काठमाडौँ महानगरपालिका, मध्यपुरथिमी र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक वत्तिको महसुल तिर्ने व्यवस्था गरिएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई बृद्धि गर्न स्मार्ट स्ट्रिट लाइट जडान गरिएको बताए ।

‘सडक वत्ति जडान भएपछि पैदल यात्रु र सवारी चालकलाई फाइदा पुगेको छ,’ उनले भने, ‘ उज्यालो भएपछि सडक सुरक्षित बनेको छ, साथै सडक सुन्दर बनेको छ,यसबाट सहरी सौन्दर्यता पनि बढेको छ ।’

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । कोटेश्वर–सूर्यविनायक सडकखण्डका लागि १३ वटा फिडर प्यानल जडान गरिएको छ । सडक वत्तिका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ ।

स्मार्ट वत्ति प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा वत्ति बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । वत्ति बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ति (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।

पालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

सशस्त्रका प्रहरी सहायक हवल्दार घुससहित पक्राउ

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको निर्णय

पेट्रोलियम पदार्थको भाउ बढेको भोलिपल्टै फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन

भर्खरै प्रकाशित

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

Бонусы казино Pin Up за сентябрь 2023 бездепозитный за регистрацию, бонус коды на фриспины и промокоды от casino r

Pin up casino Пин ап казино вход на официальный сайт Зеркал

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज