Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा मंसिर चारमा हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Author Avatar साझा न्यूज 1st October 2022 , 5:07 PM
कपिलबस्तुमा मंसिर चारमा हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कपिलबस्तु, असोज १५ गते । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कपिलबस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश सुर्यनाथ प्रकाश अधिकारीले कार्यालयको स्थापना गरेका हुन् । कपिलबस्तुमा तिन वटा निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को लागि बाणगंगा नगरपालिकाको गजेहडामा, क्षेत्र नं २ को लागि जिल्ला समन्वय समितिको कार्यालय तौलिहवा र क्षेत्र नं. ३ को लागि शिवराज नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मंसिरमा हुने चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश सुर्यनाथ प्रकाश अधिकारीले बताउनुभयो । कार्यालय सञ्चालन भए संगै निर्वाचन संग चासो राख्ने दललाई सजिलो हुने उहाँले बताउनुभयो । कार्यालय सञ्चालन भए पछि निर्वाचन आचारसंहिता र निर्वाचनको कार्यक्रमहरु जानकारी हुने उहाँको भनाई छ ।
त्यस्तै क्षेत्र नम्वर १ का लागि बाणगंगा नगरपालिका ४ नम्बर वडा कार्यालय गजेहडा र क्षेत्र नं. ३ को लागि शिवराज नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्र नम्वर १ को निर्वाचन अधिकृत शिव प्रसाद पराजुली र क्षेत्र नं. ३ का लागि प्रकाश मरासिनीलाई तोकिएको छ ।
कार्यालय स्थापनासँगै निर्वाचनका गतिविधि शुरु भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो । उहाँले २३ गते मनोनयन दर्ता, २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २५ गते नामावली प्रकाशन गर्ने, २६ गते नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह वितरणको कार्यक्रम रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले निर्वाचन सम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइसकेको बताउनुभयो । मनोनय दर्ता गर्दा सुरक्षा निकायसँग समन्वय गरेर गर्न उहाँले दलहरुलाई आग्रह गर्नुभएको छ ।
निर्वाचनका लागि जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ जना मतदाता रहेका छन् । जसमध्ये २ लाख २ हजार १२५ पुरुष र १ लाख ७६ हजार १ सय ५ महिला रहेका छन् भने २ अन्य मतदाता रहेका छन् । जिल्लामा २ सय ३४ मतदान स्थल र ४ सय ७२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी रामजी पन्थीले बताउनुभयो ।
कार्यक्रममा शसस्त्र प्रहरी उपरिक्षक सुर्य बहादुर सेन वलि, प्रहरी उपरिक्षक प्रेम बस्नेत, अनुसन्धानका प्रहरी प्रमुख योगेनद्र केसी, प्रमुख सेनानी दिलिप घले र जिल्ला समन्वय अधिकारी भुमी राम पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज