Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कनकमुनी बुद्धसँग सम्बन्धित अरौराकोट संरक्षणको पर्खाइमा

Author Avatar साझा न्यूज 2nd October 2022 , 1:17 PM
कनकमुनी बुद्धसँग सम्बन्धित अरौराकोट संरक्षणको पर्खाइमा

तौलिहवा, असोज १६ गते । कपिलवस्तुको पर्यटकीयस्थल अरौराकोट संरक्षणको पर्खाइमा रहेको छ । कनकमुनी बुद्धले आफ्नो बाल्यकाल तथा वैवाहिक जीवन व्यतीत गरेको ठाउँ अरौराकोट संरक्षणको पर्खाइमा रहेको हो । कनकमुनि बुद्धको जन्मस्थल निगालीकोटबाट करिब डेढ किलोमिटरको दुरीमा यो स्थान रहेको छ ।

पुरानो सहरका रूपमा रहेको आयातकार आकारको पुरातात्त्विक एवम् धार्मिक महत्त्व बोकेको यस क्षेत्रलाई प्राचीन कालमा इट्टा प्रयोग गरी बनाइएको किल्ला पर्खालले घेरिएको छ ।

कपिलवस्तुमा बुद्धसँग सम्बन्धित एक सय भन्दा बढी पुरातात्त्विक स्थल रहेका छन् । कपिलवस्तुमा उहाँसँग सम्बन्धित विभिन्न पुरातात्त्विक स्थल भने ओझेलमा परेका छन् ।

कपिलवस्तु नगरपालिका वडा नं. ११ स्थित अरौराकोट रहेको छ । त्यो एउटा पर्यटकीय धार्मिकस्थल हो यसको विकासका लागि स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा र सङ्घ र प्रदेश सरकारले यसको विकासका लागि चासो नदेखाउँदा संरक्षणको पर्खाइमा रहेको कपिलवस्तु नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामगोपाल यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो “अगामी दिनमा यसको संरक्षणको लागि वडाबाट केही रकम विनियोजित गरी सरसफाईलगायतको कार्य गर्ने बताउनुभयो । ”

अरौराकोट कनकमुनि बुद्धको राजधानी भनेर बुझ्ने गरेको पाइएको छ, अरौराकोटको विकासका लागि लुम्बिनी विकास कोषले चाँडै नै त्यो क्षेत्रमा तारबार र त्यसको उत्खनन्का लागि पुरातत्त्व विभागसँग पहल गर्ने लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य रामनरेशप्रसाद कोहारले बताउनुभयो ।

कपिलवस्तु जिल्लामा कनकमुनि बुद्ध र क्रकुच्छन्द बुद्धको जन्म भए पनि उहाँसँग सम्बन्धित क्षेत्रहरू ओझेलमा परेका छन् ।

हुन त भगवान् गौतमबुद्ध आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोट यही जिल्लामा पर्दछ तर जुन किसिमले यहाँको विकास हुनुपर्ने हो त्यस किसिमको विकास हुन नसकेको स्थानीय वशिष्ठ तिवारीले बताउनुभयो ।

अरौराकोटको उचित विकास र संरक्षण हुन नसकेपछि गौचरन र खेलमैदानमा परिणत हदै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज