Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु क्षेत्र नं. १ को संघमा कांग्रेसले टिकट नपाए चुनाव जित्न एकदमै गाह्रो पर्छः नेका क्षेत्रीय सभापति खाँ

Author Avatar साझा न्यूज 4th October 2022 , 4:15 PM
कपिलवस्तु क्षेत्र नं. १ को संघमा कांग्रेसले टिकट नपाए चुनाव जित्न एकदमै गाह्रो पर्छः नेका क्षेत्रीय सभापति खाँ

कपिलबस्तु, असोज १८ गते । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँले कपिलवस्तु क्षेत्र नं. १ को अवस्था केन्द्रले सोचे जस्तो नभएको बताएका छन् । उनले पहिला जितेको मान्छेले चुनाव जित्छ भन्ने अवस्था नरहेको बताउँदै गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर १ मा वडाध्यक्षहरुको मतलाई आधार मान्दा कांग्रेस नै अघि भएको बताए । उनले चुनाव हारे पनि कांग्रेसका नेताहरु गाउँ घरमा घुमीरहेको बताउँदै गठबन्धनबाट कपिलवस्तु क्षेत्र नं. १ को संघीय सांसदमा कांग्रेसले टिकट नपाएर अरुले टिकट पाएमा चुनाव जित्न एकदमै गाह्रो हुने बताए ।
खाँले क्षेत्र नं. १ का ३० वटा वडाहरुमा कांग्रेसका वडाध्यक्षहरुले २८ हजार २७१ ल्याएको त्यस्तै एमालेका वडाध्यक्षले २६ हजार ८२३ ल्याएको र जसपाको १३ हजार ५१० मत प्राप्त गरेको बताउँदै माओवादी केन्द्रको ९ हजार ३३८, एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४, राप्रपाको २ हजार ४८० रहेको तथ्य प्रस्तुत गर्दै स्थानीय निर्वाचनलाई आधार मान्दा यो क्षेत्रमा माओवादी केन्द्र जसपा पछि चौथो स्थानमा रहेको बताए ।
कांग्रेस क्षेत्रीय कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खाँले भने म पनि गाउँमा घुमेको छु, साथीहरुलाई पठाएको छु, साथीहरुले कांग्रेसले चुनाव जित्ने बताएका छन् अरुको विकल्प छैन । आफूसँग माओवादी केन्द्रका नेता चक्रपाणी खनाल बलदेवको पहिलो पटक भेट भएको बताउँदै बलदेवलाई आफ्नो अवस्था आफै सोच्नु पर्ने प्रतिक्रिया दिएको बताए ।

नेपाली कांग्रेस क्षेत्र नं. १ (क) का प्रदेश सभापति दुर्गा बहादुर कुँवर क्षेत्री (दुर्गा केसी)ले गठबन्धनमा मतको सम्मान नभए हुने सम्भावित दुर्घटनाको जिम्मा पार्टीले लिन नस्कने बताए । के.सी.ले ठूलो मतलाई सानो मतले सघाउनु पर्ने बताउँदै यदि त्यस्तो हुन नसके विद्रोह पनि सक्ने तर विद्रोहलाई पार्टीले रोक्न नसक्ने बताए ।
नेपाली कांग्रेसका क्षेत्रीय सचिव विजय कुमार खनालले क्षेत्र नं. १ नम्बर क्षेत्र कांग्रेसले पाएमा जित निश्चित भएको र माओवादी केन्द्रलाई परेमा गाह्रो हुने बताए । ‘माओवादी केन्द्रलाई एकदम गाह्रो छ । त्यो उहाँहरुलाई पनि फिल भएको छ उनले भने ।
कपिलवस्तु नगरपालिकाका नेपाली कांग्रेस पार्टीका सभापति खुरसेद अहमद खाँले आफू फिल्डमा जाँदा र हालै मात्र स्थानीय तहमा जितेको अवस्था हेर्दा कांग्रेसले टिकट पाएमा सहजै चुनाव जित्ने बताए ।
नेपाली कांग्रेस सुद्धोधन गाउँपालिकाका सभापति विश्वकर कुर्मीले संघमा माओवादीले टिकट पाएमा नजित्ने र कांग्रेसले टिकट पाएमा सहजै जित निकाल्ने बताए । माओवादीका सम्भावित उम्मेद्वार चक्रपाणी खनाल बलदेवले कृषि मन्त्री हुँदा क्षेत्र नं. १ का लागि केही पनि नगरेको बताए ।
नेपाली कांग्रेसका कार्यकर्ता विनोद उपाध्यायले गाउँ चौराहामा कांग्रेसका कार्यकर्ता अलपत्र परेको सम्हाल्न गाह्रो हुने अवस्था आउने बताए । त्यस्तै अर्का कार्यकर्ता अनार उल्लाहले माओवादीका कारण आफूले १८ वर्षदेखि घर छोडेर हिडेको बताउँद कांग्रेसले नै टिकट पाउनु पर्ने बताए । कपिलवस्तु नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष शिव कुमार पाण्डेले क्षेत्र नं. १ को संघमा कांग्रेसले टिकट पाए जित्ने सम्भावना बलियो रहेको बताए ।
२०७४ सालमा एमालेको समर्थनमा उम्मेदवार भएका माओवादी केन्द्रका बलदेव खनालले कपिलवस्तु १ मा २९ हजार ७९९ मत ल्याएका थिए भने कांग्रेसका नेता दीप कुमार उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए । वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका खनालसँग उपाध्याय जम्मा ९ सय ४६ मत अन्तरले पराजित भएका थिए ।
देश व्यापी रुपमा गठबन्धन हुने भएपनि सिट बाँडफाँड अहिलेसम्म नहुँदा कांग्रेस र माओवादी केन्द्र दुवै दलले कपिलवस्तु क्षेत्र नं. १ बाट आ–आफ्नो तर्फबाट उम्मेदवार सिफारिस गरी सकेका छन् । कपिलवस्तु क्षेत्र नं. १ को संघीय सांसदमा टिकटका लागि कांग्रेसबाट उपाध्याय र माओवादीबाट खनालको चर्चा चलेको छ । यद्यपि गठबन्धनबाट कस्ले टिकट पाउने भन्ने अन्तिम टुंगो नलागेको गठबन्धनमा नेताहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज