Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दशैँ, लुम्बिनी र बुद्ध


लुम्बिनीको विकासमा सरकारले चासो देखाउनुपर्ने कर्णाली प्रदेश प्रमुख परियारको भनाई

०६७ सालको दशैँ पनि उति उत्साहजनक थिएन । तैपनि अघिल्ला वर्षहरूको जस्तै सबै किसिमले रमाइलो बनाउने कोसिस गरिएकै थियो । उत्साह नहुनुमा सीताजीको शारीरिक कमजोरी थियो । उहाँको शरीरमा त्यति घातक क्यान्सर रोग हुर्किरहेको थियो भन्ने हामीलाई थाहै थिएन । बरु पाठेघरको शल्यक्रियाकै कारण उहाँ यति कमजोर हुनुभएको हो र चाँडै नै ठिक हुनु हुनेछ भन्नेमा हामी निर्ढुक्क थियौँ । तर दशैँ सकिएको चार महिनापछि नै उहाँको शरीरमा चौथो स्टेजको क्यान्सर हुर्किसकेको र उपचारभन्दा धेरै पर पुगिसकेको थाहा पाइयो । हामीले टुलुटुलु हेर्दै अरू अढाइ महिना रुँगेर बिदा गर्‍यौँ ।

त्यसपछि आएको २०६८ सालको दशैँ त मान्नु नै थिएन । सबैले रमाइलो गरिरहेका बेला मातृशोकमा डुबेर दुःखी भइरहेका छोराछोरीलाई त्यही वातावरणमा राखिरहनु अझ दुःखपूर्ण होला भन्ने लागेर मैले सोचेँ– यो दशैँलाई कतै भ्रमणमा बिताउन सके हामी केही समय यो शोकलाई भुल्न सक्ने हुने थियौँ कि !

अनि केटाकेटीसँग सल्लाह गरेँ– ‘यो दशैँलाई भ्रमण गरेर मनाउँदा कसो होला !’

मलाई पहिल्यैदेखि लुम्बिनी जाने रहर थियो । नेपालमै जन्मेर पचास वर्षको भइसक्दा पनि म लुम्बिनी पुगेको थिइनँ । अनि सबैसँग सल्लाह गरी चितवन, लुम्बिनी र पोखरा घुम्ने योजना बनाइयो । यस भ्रमणमा दिपलेशको जागिरबाट छुट्टी नमिल्ने हुनाले ऊ हामीसँग सामेल नहुने भयो । दिपलेश जहाँ पनि छोडिन्थ्यो । त्यो कुराले मलाई जहिले पनि नमिठो लाग्थ्यो । हामीले नचाहँदा नचाहँदै पनि ऊ कतिपय यस्ता पारिवारिक अनुष्ठानमा छोडिन्थ्यो । मुखले उसले कहिल्यै केही भनेन तर मनमा के उसलाई चाहिँ रहर नहुँदो हो त ! दिपलेश जान नपाए पनि लीला अनमोल र ज्वाइँ देवेन्द्र प्रसाईँ हाम्रो भ्रमण टोलीका सहयात्री हुने भए ।

मैले प्रेमलाई कति ठाउँमा अक्षत्, अस्पष्र्य, आत्मतìवयुक्त र निअर्हम भनेको छु । शरीरभन्दा पृथक् त्यसको स्वतन्त्र अर्थ र अस्तित्व छ पनि भनेको छु । राधा उपन्यासमा मैले गरेको प्रेमको व्याख्या अत्यन्त उत्कृष्ट लाग्छ आफैँलाई । तैपनि आज अनुभव गरिरहेछु, ती सब कुरा जो मैले यसअघि भनेँ– बुद्धिविलासयुक्त रहेछन् । अरूलाई सुन्दा अवाक् बनाउन सक्षम रहेछन् । कल्पनाको गहिरोमा गिराउन सफल रहेछन् ।

दशैँको टीकाको पर्सिपल्ट बिहानको गाडीबाट हामीले चितवनका लागि प्रस्थान ग¥यौँ । दिनको दुई बजे हामी रत्ननगरको बकुलर चोकमा उत्रियौँ । त्यहाँ भुराका जेठा मामा भीम पोखरेलको घर थियो । बेलुका फोनमा त्यहाँका साहित्यिक मित्रहरू धनराज गिरी, डा. लक्ष्मण गौतम, उदय अधिकारीहरूसँग सम्पर्क गरेँ । एक दिन चितवनको भ्रमण गरेर भोलिपल्ट बिहानै हाम्रो यात्रा लुम्बिनीतर्फ लाग्यो । नारायणगढ चोकबाट बस चढेका हामी ७ घण्टापछि लुम्बिनी पुगेका थियौँ । दुई बजेतिर कपिलवस्तु परिसरभित्रै एउटा छाप्रे होटेलमा झोला थन्क्याएर खाना खायौँ । खानापछि सात सय रुपियाँ भाडा तिरेर एउटा ट्याक्सी लिएर घुम्न निस्कियौँ ।

बालककालदेखि नै पढेको र सुनेको त्यो ठाउँ विश्वकै अत्यन्त थोरै पवित्र तीर्थस्थलमध्ये एक हो । संसारभरिबाट बुद्ध जन्मेको यस भूमिलाई स्पर्श गर्न हरेक वर्ष लाखौँ यात्रीहरू आउँछन् । एसियाको ज्योति भनेर सानोमा हामीले पढेका थियौँ । तर पचास वर्षको उमेर पुगिसक्दा पनि म यो ठाउँमा आइपुगेको थिइनँ । आन्तरिक पर्यटनको खासै संस्कृति बसिनसकेको हाम्रो देशमा मानिसहरू प्रायः जहाँ जन्मेको हुन्छन् त्यहीँ मर्ने गर्छन् । पछिल्लो कालमा वैदेशिक रोजगारीमा जान थालेपछि लाखौँ नेपाली युवाहरू खाडी मुलुकतिर पुगिरहेछन् तर त्यहाँ पनि उनीहरू घुम्नुभन्दा काममै व्यस्त हुने हुनाले विदेश पुगेकै भए पनि कतै घुमिरहेका हुँदैनन् । हाम्रो देशमा देख्नुपर्ने यति धेरै सुन्दर वस्तुहरू छन् तिनलाई देशभित्रकै जनताले मात्र हेरे पनि राष्ट्रलाई अर्बौँको आम्दानी हुनसक्छ । एउटा नेपालीलाई आफू नेपाली भएको गर्व गर्न उसले नेपाल देखेको हुनुपर्छ । तर यो हजार किमी लामो देशमा पूर्वको मानिस पश्चिम र पश्चिमको मानिस पूर्व पनि पुग्न सकेको छैन ।

राष्ट्रले पनि आन्तरिक पर्यटनको प्रवर्द्धन गर्नुपर्ने हो । विदेशीहरूको भ्रमणले राष्ट्रलाई आर्थिक आम्दानी त होला तर राष्ट्रप्रेमको भावना त आफ्नै देशका जनताको मनमा उम्रिनुपर्छ नि ! जसले देशको सुन्दर र कुरूप पक्षलाई नजिकबाट देख्नसक्छ उसले मात्र सोच्न सक्छ देशको बारेमा, ऊ मात्र देशप्रति भावुक र इमानदार हुन सक्दछ । कुरूप पक्षका विरुद्ध ऊ सुन्दर पक्षको सपना देख्न थाल्छ । जब उसलाई आफ्नो देशप्रति गर्व लाग्छ अनि पो उसले आफ्ना तिघ्रा र पाखुरामा बल भरिएको महसुस गर्ला त ! आफ्नो गाउँटोल नगर वा जिल्लाभन्दा टाढा नपुगेको मान्छेमा सिङ्गै देशप्रतिको अनुराग पनि कसरी जागोस् ! रेडियोमा बजेको जागरण गान, राष्ट्रिय गीतहरू वा पाठ्यपुस्तकमा पढिएका देश विषयक प्रबन्धहरूले मात्र मनभित्र राष्ट्रिय सौन्दर्यलाई कतिसम्म स्थापित गर्न सक्ला ?

सरकारले केही गर्न नसके पनि सक्रिय लेखक, पत्रकार कलाकारहरूलाई त्यसरी पठाउन सके उनीहरूबाट हुने सिर्जनाको जुन प्रचार हुनेछ त्यो करोडौँ रुपियाँ खर्च गरेर गरेको विज्ञापनभन्दा कता हो कता बढी प्रभावकारी हुन्छ । आफ्नो खुसीले आफ्नै पैसा खर्च गरेर पहाड र हिमाल डुलेर किताब लेखिरहने केही लेखकहरूका भरमा मात्र पनि धेरैलाई आफैँ झोला बोक्न मन लाग्ने बनाइरहेका छन् । सरकारी वा गैरसरकारी संस्थाहरूको लगानीमा यस्ता सङ्गीतकार, गायक, लेखक, कवि, चित्रकार, अनुसन्धाताहरूलाई देशका कुना कुनामा निश्चित योजनाका साथ पठाउने हो भने उनीहरूले केके लिएर आउँथे होला । ती कुरालाई सम्पादन, प्रकाशन र आजको सञ्जालको प्रयोग गरेर प्रसारण गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरूलाई कति आकर्षण गर्न सकिँदो हो !

जब हामी त्यहाँका विभिन्न मठहरूमा पुग्यौँ, ती प्रत्येकले हामीलाई आश्चर्यजनक खुसी दिइरहेका थिए । संसारभरिका बौद्धमार्गीहरूले करोडौँ रकम खर्च गरेर त्यहाँ ठूलाठूला बौद्ध गुम्बाहरू बनाएका र बनाइरहेका पनि थिए । लुम्बिनीलाई विश्वकै एक आकर्षक तीर्थस्थल बनाउनका लागि संसारभरिका बौद्धधर्मी मानिसहरू लागेका रहेछन् । भारतीय केही सञ्चार माध्यमहरूले अप्रत्यक्षरूपमा बुद्धको जन्मस्थलसम्बन्धी विवादहरू खडा गरे पनि जो कपिलवस्तु आइपुग्छ त्यसलाई ती प्रचारहरूको सीमा थाहा हुन्छ ।

यसै त आजभन्दा पच्चीस सय वर्षअघिका बुद्ध जन्मिएका थिए  । नेपाल एकीकरण भएको अढाइ सय वर्ष भयो भने विशाल भारत बनेको त त्योभन्दा झन् धेरै पछि हो । यी दुवै देश बन्नुभन्दा धेरैअघि त्यहाँ कपिलवस्तु नाम गरेको छुट्टै राज्य थियो, जहाँका राजा शाक्यवंशी शुद्धोदन थिए र उनैका कुलमा सिद्धार्थ नाम गरेका एक बालक जन्मिए जो पछि गएर बुद्ध बने । आजको आधुनिक भूराजनीतिभित्र तात्कालिक कपिलवस्तु र बुद्ध जन्मस्थल नेपाल देशको परिसरभित्र पर्दछ । तसर्थ नेपालले सगर्व यो भनिरहन पाउने छ कि बुद्ध हाम्रा हुन् उनी हाम्रो देशमा जन्मिएका हुन् ।

हामीले यो सोच्नसक्नुपर्छ कि भारतका केही सञ्चारमाध्यमहरूले मसिनो स्वरमा उठाइरहेको विवादलाई आज हामी महìव नदिउँला तर कालान्तरमा यी कुरा ऐतिहासिक प्रश्नका रूपमा खडा हुनेछन् । त्यो दिन यस्ता प्रश्न पनि उठ्न सक्छन् कि किन त्यसबेला नेपाल सरकारले औपचारिक रूपमा यस्ता कुराको खण्डन गरेन ? कपिलवस्तुमा भेटिएका कैयौँ पुरातात्तिक वस्तुहरूलाई विभिन्न तरिकाले पारी लगेर स्थापना गरी आजभन्दा सय वर्षपछि तिनै कुरालाई पुरातात्तिक प्रमाणका रूपमा प्रस्तुत गर्न किन सकिँदैन ?

ती निर्माणहरू देखेर जति हेर्‍यो त्यति गौरव लागिरहेथ्यो मलाई । एकै दिनमा गाडीमा चढेर हतार हतार घुम्नुभन्दा एक हप्तासम्म बसेर पैदलै भ्रमण गर्न सके मात्र यहाँको ऐतिहासिक, धार्मिक, आधुनिक महत्वलाई नजिकैबाट बुझ्न सकिने रहेछ भन्ने लाग्यो । जब मायादेवी मन्दिरमा पुगियो अनि चाहिँ सबैभन्दा धेरै मन प्रसन्न भयो । बुद्धका पाइतालाले स्पर्श गरेको जमिन, बरको रुख, तलाउ, अशोक स्तम्भ र भग्नावशेषका रूपमा रहेको दरबारले इतिहासको सुदूर पुरानो ओडारमा पुर्‍यायो ।

त्यो खण्डहर दरबार, राजा अशोक, भगवान् बुद्ध सबैलाई सम्झिसकेपछि मनले भन्यो– ‘अहो ! जति नै महान् काम गरे पनि, जति नै ज्ञान र ध्यानले युक्त भए पनि प्रत्येक व्यक्तिको अवसान निश्चित छ । सिद्धार्थ गौतम– बुद्ध भए, सारा संसारलाई ज्ञान बाँडे, मानिसको जीवनमा हुने दुःखका कारणहरू र तिनका निवारणका उपायहरू पत्ता लगाए । उनी स्वयं एक तपसी थिए । शरीरलाई आरोग्य राख्ने अनेक उपायहरू सिकाउँथे तर आफैँ पनि असी वर्षभन्दा बढी बाँच्न सकेनन् ।

सीताजीको वियोगबाट अत्यन्त दुःखी भई त्यसलाई भुल्नका निम्ति घुमिरहेका भुराले त्यहाँ धेरै कुरा देखे, रमाए । शोकलाई केही समयका लागि भए पनि बिर्से । तर मैले चाहिँ जीवनको निमित्तताकै बोध गरेँ ।

मृत्यु वियोगान्तक छ, पीडाजनक छ, असाध्य कष्टकर छ तर त्यो छ नै । त्यसबाट भाग्न, उम्किन सकिँदैन । स्वयं भगवान् मानिएका बुद्धले समेत एउटा सामान्य मानिसको भन्दा बढी आयु बाँच्न सकेनन् । यस सृष्टिमा उत्पत्ति भएका कुनै पनि वस्तु कहिल्यै अविनाशी छैनन् । तिनको नाशवान् चरित्रलाई परोक्षरूपमा बोध गर्नेहरू बौद्धिकताको बुद्धि विलास गर्दछन् । अनि जब त्यही कुरा आफूमाथि आइपर्छ शिवजीले झैँ शोक र विलाप गर्न थाल्छन् । कालग्रसित हुनुभन्दा अर्को कुनै उपाय नभएका हामीहरू जीवनको भौतिक अमरत्वकै सपना देखिरहेका हुन्छौँ । भगवान्को अवतार मानिएका हजरथ मोहम्मद, इसु ख्रिस्ट, शङ्कराचार्य, महावीर, बुद्ध आदि कोही पनि शरीर अमर रहन सकेनन् । तिनीहरू नियमानुसार शारीरिक क्षयीकरणको प्रक्रियामा सामेल हुँदै मृत्युलाई प्राप्त भए । अनि उनीहरू चर्च, गिर्जा, मठ, मन्दिर, गुरुद्वार, गुम्बामा परिणत भए ।

निरन्तर जन्मिने र मर्ने क्रम जारी छ । मृत्युलाई हामी आफैँसँग जोडेर हेर्छौँ र त्यसबाट विकर्षसित हुन खोज्छौँ । तैपनि त्यसले हामीलाई छोड्दैन । प्रत्येक दिन देखिने र सुनिने मृत्युका सन्देशहरू हाम्रा निम्ति सामान्यजस्ता भएका छन् । त्यही कुरा जब हाम्रो घरभित्र प्रवेश गर्छ, यस्तो लाग्छ–‘सबैभन्दा नहुने कुरा भएको छ । कसैलाई नपरेको र मलाई मात्र परेको छ ।’

फेरि यो शोक एकदम नै जायज छ । यदि यो शोक पनि नहुँदो हो त मानव समाज र जीवन कति निरस हुन्थ्यो होला ! यही शोकले त हामीलाई एक अर्कोसँग बाँधेको छ । मायाप्रेम र स्नेहले तानेको छ । सभ्यताको अटुट सूत्र बनेको छ ।

मैले प्रेमलाई कति ठाउँमा अक्षत्, अस्पष्र्य, आत्मतìवयुक्त र निअर्हम भनेको छु । शरीरभन्दा पृथक् त्यसको स्वतन्त्र अर्थ र अस्तित्व छ पनि भनेको छु । राधा उपन्यासमा मैले गरेको प्रेमको व्याख्या अत्यन्त उत्कृष्ट लाग्छ आफैँलाई । तैपनि आज अनुभव गरिरहेछु, ती सब कुरा जो मैले यसअघि भनेँ– बुद्धिविलासयुक्त रहेछन् । अरूलाई सुन्दा अवाक् बनाउन सक्षम रहेछन् । कल्पनाको गहिरोमा गिराउन सफल रहेछन् । तर यथार्थमा प्रेमको परिभाषा त्यति महान् र उत्कृष्ट होइन रहेछ जो रुमानी भावमा बहकिएर भनिन्छ । आज मलाई मैले पहिले गरेका प्रेमसम्बन्धी कैयौँ व्याख्याहरू संशोधन गर्न मन लाग्छ र भन्न मन लाग्छ– ‘प्रेम भौतिक हो । शारीरिक हो र सांसारिक हो । प्रेम आकर्षण, आलम्बन र अनुराग हो । प्रेम जीवन बाँच्न आवश्यक तìव हो । निराकारमा कुनै अनुराग हुँदैन । निराकारमा न भक्ति हुन्छ, न शक्ति । हामीले विश्वास गरेका सबै आध्यात्मिक सूत्रहरू साकार छन् । ॐ अक्षर एक आकृति बनेर हाम्रो स्मृतिमा जब अङ्कित हुन्छ, त्यहीँबाट सांसारिकताको प्रारम्भ हुन्छ र मोहको ज्योति जल्दछ । मैले बोधिसत्त्व प्राप्त महात्मा बुद्धको जन्मस्थलमा उभिएपछि बुझेँ– जीवन भनेको अप्राप्य तìव हो, प्रेम त झन् कति टाढा कति टाढा ।

यो भ्रमण मलाई दशैँ बिर्साउने यात्रा मात्र बनेन । यो त मभित्रको अन्योल, अन्धकार र वियोगसँगको पहिचान गराउने माध्यम भयो । वस्तुको प्रकटता र मूल्य बोध मात्र बुझाएन आफ्नै उपस्थितिको अर्थ पनि खुलायो । मृत्युशोक बोकेर हिँडेको शिव थिएँ, त्यहाँ जीवन अवसानको यथार्थ भेटेँ । हत्केलाबाट फुत्किएर खसिरहेको भौतिक कहिले सुन र कहिले फलाम हुँदै मूल्यहीनताको अवशेषसँग ठोकिन पुगेँ । उनीहरूले पढिँदै आएको बुद्ध देखेँ, मैले केही क्षण मात्र भए पनि बोध गरेँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

कपिलबस्तुमा मनाइयो १७ औं विश्व रेविज दिवस

कपिलबस्तुमा मनाइयो १७ औं विश्व रेविज दिवस

कपिलबस्तुमा मोहम्मद जयन्ती धुम धामका साथ मनाइयो

कपिलबस्तुमा मोहम्मद जयन्ती धुम धामका साथ मनाइयो

भर्खरै प्रकाशित

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज